Comments Add Comment

महन्थ ठाकुरको मनको कुराः हामी चुनावको बाधक भएको भए काठमाडौं छाडेर मधेसमा बस्थ्यौं !

'सहमति गरेर चाँडै चुनावमा जान चाहन्छौं'

१७ चैत, काठमाठौं । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेसी मोर्चा सरकारसँग सहमति गरेर चाँडै चुनावमा जान इच्छुक रहेको बताएका छन् । आफूहरु चुनावको बाधक नभएको ठाकुरले स्पष्ट पारेका छन् ।

गोरखापत्र दैनिकमा विहीबार सुरेशकुमार यादवसँगको अन्तरवार्ताका क्रममा मोर्चाका नेता ठाकुरले चुनावमा जाने इच्छा सार्वजनिक गरेका हुन् । उनले चुनाव चाहेकै कारण मधेस जानुको साटो काठमाडौंमै बसेर सरकारसँग वार्ता गरिरहेको बताएका छन् ।

नेता ठाकुरले चुनावबारे सोधिएको प्रश्नमा भनेका छन्-‘हामी चुनावको विरोधी होइनौं । चुनावका लागि हामीले पहिलेदेखि आवाज उठाएको हो । तर हामीसँग भएका सहमति र प्रतिवद्धता पूरा गरिनुपर्छ भन्ने हो । हामीले चुनाव हुनुहुँदैन भनेका छैनौं । हाम्रो माग जति छिटो पूरा हुन्छ, त्यति छिटो चुनावमा जानत सक्छौं ।’

चीनबाट फर्किएका प्रधानमन्त्रीतर्फ लक्षित गर्दै ठाकुरले भनेका छन्-‘उहाँ बुधबार चीनबाट फर्किनुभएको छ । हेरौं सहमतिको सूत्र केही ल्याउनुभएको छ कि

गोरखापत्रसँगको अन्तरवार्तामा ठाकुरले भनेका छन्-‘हामी चुनावको बाधक कदापि होइनौं । संविधान संशोधन जसले गर्दैन, त्यो नै चुनावको बाधक हुन्छ । बरु हामीलाई चुनाव विरोधी देखाउने प्रयास हुँदैछ । हामी काठमाडौंमा बसेर वार्ता गरिरहेका छौं तर मधेसी जनता भन्छन् काठमाडौं छाडेर आऊ । हामी आशावादी भएर सरकारसँग वार्ता गरिरहेका छौं नि । हामी चुनावको बाधक भएको भए यो बेला काठमाडौं छाडेर मधेसमा बस्थ्यौं । आन्दोलनमा हुन्थ्यौं तर सरकारसँग हामी निरन्तर वार्तामा भएको कारणले बुझ्नुपर्छ कि हामी चुनावको बाधक होइन ।’

चीनबाट फर्किएका प्रधानमन्त्रीतर्फ लक्षित गर्दै ठाकुरले भनेका छन्-‘उहाँ बुधबार चीनबाट फर्किनुभएको छ । हेरौं सहमतिको सूत्र केही ल्याउनुभएको छ कि ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment