Comments Add Comment

पत्रपत्रिकालाई चुनाव लाग्यो, हेर्नुहोस् आजका पत्रिकाको फ्रन्टपेज

१७ चैत, काठमाडौं । आज प्रकाशित प्राय सबै दैनिक पत्रपत्रिकाले स्थाानीय तहको चुनावको विषयमा प्राथमिकता दिएका छन् । विभिन्न महानगरपालिकाहरुमा को को उम्मेद्वारका प्रतिस्पर्धी हुन् भन्ने समाचारलाई प्राथमिकता दिएको देख्दा पत्रपत्रिकाहरुलाई चुनाबी रौनकले छोएको स्पष्ट देख्न सकिन्छ ।

अन्नपूर्ण पोष्टले नयाँ मतपेटिकाहरु धमाधम आउन थालेको समाचार लेखेको छ भने नागरिक दैनिकले महानगर हाँक्न दलभित्रै प्रतिस्पर्धा शीर्षकमा काठमाडौं, ललितपुर, पोखरा-लेखनाथ र भरतपुर महानगरपालिकाको चुनाबी दौडधूपको समाचार बनाएको छ ।

राजधानी दैनिकले संवेदनशील मतदान केन्द्रहरुमा भिडियो निगरानी गरिने समाचार लेखेको छ ।

कान्तिपुर दैनिकले मतदान केन्द्र निर्धारणमा ढिलाइ भइरहेको समाचार छापेको छ । त्यसैगरी भोट हाल्न रात बस्दै जानुपर्ने अवस्था रहेको बझाङको समस्यालाई पनि कान्तिपुरले पहिलो पृष्ठमा छापेको छ ।
हेर्नुहोस् मुख्य पत्रपत्रिकाको फ्रन्टपेजः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment