Comments Add Comment

५४ अर्बमा ४ सय केभीको ३ सय किलोमिटर प्रसारणलाइन बन्ने


१७ चैत, काठमाडौं । अमेरिकी सहयोगको मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)ले ६० अर्ब अनुदानको रकम जलविद्युत र सडक परियोजनामा खर्च गर्ने भएको छ ।

सन् २०२३ सम्म सम्पर्ने गरी गरी एमसीसीले ४०० किलोभोल्ट क्षमताको ३ सय किलोमिटर प्रसारणलाइन निर्माण गर्ने भएको एमसीसी नेपाल कार्यालयका संयोजक तुलसीप्रसाद सिटौलाले जानकारी दिए ।

गल्छी-दामैली, लप्सीफेदी-गल्छी, गल्छी हेटौंडा, दमौली-सुनवल गरी चार वटा खण्डमा प्रसारणलाइन निर्माण गरिनेछ । दामैली गल्छी र सुनवलमा सब-स्टेशन पनि बन्ने यो परियोजनामा मात्रै ५४ अर्ब खर्च हुनेछ । यो परियोजना कार्यान्वयनका लागि नेपाल सरकारले पनि १० देखि १५ अर्ब खर्चनुपर्नेछ ।

हटौंडा-भिमफेदी र अमेलिया-धानखोला सडक मर्मतको योजना पनि एमसीसीले छनोट गरेको छ । अब एकवर्षभित्र जग्गा अधिग्रहण लगायतका प्रक्रिया टंग्याएर सन् २०१८बाट निर्माणमा जाने एमसीसीको योजना छ ।

अब प्रक्रिया अघि बढाउन एमसीसीले लगानी बोर्डमा प्रस्ताव लैजान लागेको आजको कारोबार दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment