Comments Add Comment

आर्थिक समाचारः चार अन्तर्राष्ट्रिय विमानस्थलमा ६० अर्ब लगानी

१७ चैत, काठमाडौं । चार अन्तर्राष्ट्रिय विमानस्थलमा ६० अर्ब अर्ब लगानीको योजनालाई नयाँ पत्रिका दैनिकले मुख्य आर्थिक समाचार बनाएको छ । सरकारले आगामी तीन आर्थिक वर्षभित्र निर्माणाधीन तथा क्षमता अभिवृद्धिको चरणमा रहेका चारवटा अन्तर्राष्ट्रिय विमानस्थल लागि करिब ६० अर्ब रुपैंया लगानी गर्ने भएको छ । अमेरिकी डलर १७ महिना यताकै सस्तो भएको खबरलाई पनि नयाँ पत्रिकाले लेखेको छ ।

ग्यास ढुवानीमा भारतीय निर्भरता अन्त्य गर्न नेपाली ग्यास उद्योगीले किनेको एलपीजी ग्यास बुलेट लामो समयदेखि भारतमा अड्किएका छन् । भारतको एक्स्प्लोसिभ डिपार्टमेन्टले विभिन्न बहाना बनाएर नेपाली नम्बर प्लेटका बुलेटको एक्स्प्लोसिभ सेफ्टी प्रमाणित नगरी करिब साढे दुई महिनादेखि अड्काएर राखेको छ ।

नेपाली ग्यास बुलेट भारतमा अड्किएलाई नागरिक दैनिकले मुख्य समाचार बनाएको छ । कोरियन भाषा परीक्षामा दरखास्त दिने बढेको समाचारलाई पनि नागरिकले लेखेको छ । भारतमा लोकपि्रय नेपाली कत्थाको निर्यात स्वात्तै घट्योलाई नागरिकले लेखेको छ ।

यातायात कार्यालय प्रमुख नै लाइसेन्स बिक्रीमा भन्ने समाचारलाई कारोबार दैनिकले मुख्य समाचार बनाएको छ । एमसीसीले ६० अर्ब लगानीका परियोजना छान्योलाई पनि कारोबारले लेखेको छ ।

प्राधिकणमा ट्रान्सर्फमर घोटाला प्रकरण सन्दर्भमा पूर्वकार्यकारी निर्देशक यादव र झा भ्रष्टाचारी ठहरलाई कारोबारले लेखेको छ ।
एसएलसी बोर्ड र फोब्र्स अर्बपति फरकलाई अन्नपूर्णले मुख्य समाचार बनाएको छ । नेवानीका पाइलटका भत्ता बढाउने तयारीलाई पनि अन्नपूर्णले लेखेको छ ।

ब्याजदरमा बैंङ्कलाई नैतिक दबाबलाई अभियान दैनिकले मुख्य समाचार बनाएको छ । गार्मेन्ट प्रोसेशिङ जोन निर्माणमा अझै ३ वर्ष लाग्नेलाई पनि अभियानले लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment