Comments Add Comment

गणेशमान चारनाथ नगरपालिकामा सडक कालोपत्रे सुरू


१७ चैत, धनुषा । पूर्व–पश्चिम महेन्द्र राजमार्गसँग जोडिएको धनुषाको छघरिया गोलघर चोकदेखि उत्तरको आठसय मिटर सडक कालोपत्रे गर्न एक समारोहबीच शिलान्यास गरिएको छ ।

गणेशमान चारनाथ नगरपालिकाका कार्यकारी अधिकृत लक्ष्मेश्वर यादवले बुधबार शिलान्यास गरे। नगर पूर्वाधार कोषको ९२ लाख १५ हजार ६ सय ४६ रूपैयाँको लागत अनुदानमा चारनाथ नगरपालिकाले सो सडकलाई कालोपत्र बनाउन लागेको हो ।

सडक कालोपत्र गर्ने जिम्मा पाएको एक्सिस एसियन कन्स्ट्रक्सन कम्पनी प्रालि जनकपुरले २०७४ असार १० गतेसम्म काम सम्पन्न गरिसक्नुपर्ने सम्झौता भएको कार्यकारी अधिकृत यादवले बताए ।

कालोपत्र र सडकको दायाँ बायाँ दुवैतर्फ नाला बनाउने कार्यका लागि ८९ लाख ९३ हजार रूपैयाँमा सम्झौता भएको छ । अधिकृत यादवले विकास निर्माणको कार्यमा सबैलाई एकजुट हुन आग्रह गरे । उनले सबै पक्षको सहयोगले नै यो सडकको शिलान्याससम्मको कार्य सफल भएको र अगाडिको कामसमेत सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गरे ।

नगरपालिकामा यसअघि कुनै पनि सडक कालोपत्र नभएका कारण स्थानीयवासी उत्साहित भएका छन् । अहिलेसम्म ग्राभेल सडकमा आवत–जावत गरिरहेका स्थानीयवासी सो सडक कालोपत्र हुने भएपछि खुसी भएका हुन् ।

स्थानीय वृद्ध रामसुक यादवले वर्षांैदेखि ग्राभेल सडकमा हिँड्नु परेको र अब कालोपत्र हुने भएपछि सुविधाको हिसाबले राम्रो हुने बताए । उनले गाउँबाट नगरमा परिणत भएपछि यो सुविधा पाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment