Comments Add Comment

रातभर पार्टीमा युवतीसँग कपिलको डान्स


भारतको चर्चित टेलिभिजन च्यानल सोनीबाट प्रशारण हुने ‘द कपिल शर्मा शो’ नामक कमेडी कार्यक्रम अहिले विवादमा छ । यसका संचालक कपिल शर्मा र कार्यक्रमका अर्का कलाकार सुनिल ग्रोवरसँग भएको विवाद अझै मिलिसकेको छैन । ग्रोवरसँग भएको विवादलाई लिएर कपिल र उनको चरित्रका सन्दर्भमा टिप्पणी गर्नेहरु छदैछन् । केहि भारतीय मिडियाले भने कपिल अहिले युवतीसँग डान्स गर्दै रात बिताउन थालेको टिप्पणी गरेका छन् ।

छायांकनमा रहेको चलचित्र ‘फिरंगी’को सेटमा कपिलले रातभर मोनिका गिलसँग नाँचेर बिताए । राजस्थानमा भएको सुटिङमा अन्य स्थानिय कलाकार पनि थिए । पछिल्लो केहि दिन यता कपिल सुटिङ सकेपछि रातभर पाटीमा रमाउने गरेको पनि उल्लेख गरिएको छ ।

मोनिका गिलसँग कपिलको गहिरो दोस्ती छ । मोनिका इण्डो अमेरिकन मोडल हुन् । उनले सन् २०१४ मा मिस इण्डिया वल्र्डवाइडको उपाधि जितेकी थिईन् । उनी मिस युएसए वीनर पनि हुन् ।

सुनिल फर्किन्छन् 
कपिलले सुनील र अन्य सह-कलाकारहरुसँग शो सुरु गर्ने सन्दर्भमा कुरा भईरहेको जानकारी दिँदै भनेका छन्-‘मेरो सबै जनासँग कुरा भईरहेको छ । उनीहरु सबैलाई पैसा चाहिन्छ, फर्किन्छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment