Comments Add Comment

रेखासँग मेरो सम्बन्ध राम्रो छः अयुव केसी


नायिका रेखा थापाले अभिनय गरेको चलचित्र ‘पलाँस’मा मुख्य भुमिका निर्वाहा गरेका छन् नायक तथा मोडल अयुव केसीले । अयुव यो चलचित्रमा रेखाको प्रेमीको भूमिकामा देखिएका छन् । अयुव, यो चलचित्रलाई लिएर निकै नै आशावादी छन् । रेखासँग आफ्नो सम्बन्ध राम्रो भएको दाबी गर्ने अयुव अब चलचित्रमै केन्दि्रत हुने योजनामा छन् । केहि म्युजिक भिडियोमा अभिनय गरेका अयुबसँग अनलाइनखबरले गरेको टी-टकः

बिहान कति बजे उठ्नुहुन्छ ?
म बिहान ६ बजे उठिसकेको हुन्छु ।

उठेपछि ?
सबै भन्दा पहिला पानी खान्छु । त्यसपछि सामान्य एक्सरसाइज गर्छु ।

आजको कार्यक्रम ?
आज चलचित्र ‘पलाँस’ को प्रिमियर छ । त्यसैको तयारीमा जुटेको छु । त्यो बाहेक आज अरु केहि छैन ।

रेखा थापासँग काम गर्दा कस्तो अनुभव गर्नुभयो ?
एकदमै रमाइलो भयो ।

प्राय हिरोहरुसँग रेखाको सम्बन्ध राम्रो हुँदैन, तपाइको कस्तो छ ?
अरु सँग राम्रो भएन होला तर, म सँग निकै राम्रो छ ।

तपाईका गफ मिल्ने साथी कति छन् ?
पक्का गफ मिल्ने त पाँच जना मात्रै हो ।

स्कुल पढ्दाका साथीहरु सम्पर्कमा छन् ?
खासै छैन भन्दा पनि हुन्छ ।

फेसबुक कत्तिको चलाउनुहुन्छ ?
फुर्सद भएको बेला चलाउँछु । दिनमा एकघण्टा जति चलाउछु होला ।

दिनमा मोबाइलमा कति मिनेट कुरा गर्नुहुन्छ ?
त्यस्तै आधा घण्टा जति । मलाई मोबाइलमा धेरै कुरा गर्ने मान्छे मन पर्दैन । आफु पनि सकेसम्म छोटो कुरा गर्छु ।

रिचार्ज कार्डमा कति खर्च गर्नुहुन्छ ?
त्यस्तै महिनामा चार हजार जति खर्च हुँदो हो । ठ्याक्कै हिसाब त गरेको छैन ।

धेरै खर्च केमा हुन्छ ?
साथीभाई भेटघाटमै सबै भन्दा धेरै खर्च हुन्छ ।

के काम गर्दा तपाइलाई रमाईलो लाग्छ ?
मलाई खाना बनाउँदा सबै भन्दा रमाईलो लाग्छ । लुगा धुन सार्‍है अल्छी लाग्छ ।

‘पलाँस’को अर्थ थाहा छ ?
थाह छ । ‘पलाँस’ जंगलमा फुल्छ । एउटा सुन्दर तर, महत्वहिन फूल । जुन पूजा आजामा काम लाग्दैन ।

चलचित्र भित्र तपाइहरुको चरित्र कस्तो छ ?
त्यही ‘पलाँस’को फूल जस्तै ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment