Comments Add Comment

अमेरिकाको न्यु मेक्सिकोमा नेपालीहरुको अन्तर्राष्ट्रिय सम्मेलन

अमेरिका । उच्च शिक्षाको लागि अमेरिकामा रहेका नेपाली विद्यार्थीको समूह नेप्लिज स्टुडेन्ट एसोसिएसनको आयोजनामा नवौं अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।

आगामी अप्रिल १ तारिखमा न्यु मेक्सिको राज्यमा रहेको न्यु मेक्सिको स्टेट युनिभर्सिटीमा सम्मेलन हुने भएको हो । सम्मेलनमा अमेरिकाका विभिन्न राज्यका कलेज तथा युनिभर्सिटीमा पढ्ने तथा पढाउने विद्यार्थी तथा प्राध्यापकहरुको सहभागिता रहने एसोसिएसनले जनाएको छ ।

स्थानीय समय अनुसार बिहान आठ बजेदेखि साँझ साढे ५ बजेसम्म चल्ने सम्मेलनका विभिन्न सत्रमा विद्यार्थी तथा प्राध्यापकहरुले आफ्ना अनुसन्धानमूलक सामग्रीहरु प्रस्तुत गर्नेछन् । विज्ञान तथा प्रविधि- नयाँ अवसर र चुनौती’ शीर्षकको सो सम्मेलनमा अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्की मुख्य वक्ता रहनेछन् ।

यस्तै, सम्मेलनमा अमेरिका नेपाल चिकित्सा प्रतिष्ठानका उपसभापति डा. सन्तोष सापकोटा, टेक्सास युनिभर्सिटीका प्राध्यापक मेघनाथ पराजुली, एरोहेड सेण्टरका डाइरेक्टर टेरि लम्बार्ड, गैरआवासीय नेपाली संघका सभापति डा. केशव पौडेल लगायतले पनि सम्बोधन गर्ने सम्मेलनकी संयोजक मेनुका कार्कीले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment