Comments Add Comment

जुत्ता पालिस गरेर दिनको १ लाख कमाइ !

जस्तो काम उस्तै कमाइ भन्ने उखानै छ । तर यो उखानलाई चुनौति दिँदै एक जना व्यक्तिले अरुका जुत्ता पालिस गरिदिएर दिनमा १ लाख रुपैयाँ कमाउँछन् ।

जुत्ता पालिस गरेर दिनकै एक लाख कमाउने भाग्यमानी नेपालका चाहीँ होइनन् ।

अमेरिकाको म्यानहटन सहरका डन वार्ड नामक व्यक्तिले जुत्ता पालिस गरेरै दिनमा ९ सय डलर अर्थात् झण्डै एक लाख रुपैयाँ कमाइ गर्ने दाबी गरेका हुनु् ।

उनको कमाउने काइदा पनि गज्जबको छ । उनले आफ्नो खुल्ला पसलको अगाडिबाट हिड्ने मानिसहरुको जुत्ता यदि फोहोर देखेपछि जुुत्तातर्फ इशारा गर्दै त्यसको जनाउ दिन्छन् । त्यसबाट जुत्ताधारी लज्जित बन्दछ र बाध्य भएर जुत्ता सफा गरी पालिस लगाउन उनै वार्डकोमा छिर्दछ ।

वार्ड भन्छन् ः माछा पक्रिनका लागि तपाइँ के गर्नुहुन्छ ? चारा हाल्नुहुन्छ होइन ? मैले पनि त्यहीँ गरिरहेको छु । म यहाँबाट हिड्ने मानिसहरुलाई चुुटकिला सुनाउँछुु, उनीहरुसँगै हाँस्छु र सफा जुत्ता लगाउनका लागि प्रेरित गर्दछु र त्यसले उनीहरुलाई मतर्फ आकषिर्त गर्दछ ।

वार्ड पहिले एक फोटो ल्याबमा काम गर्दथे । जहाँ उनले खासै रकम कमाउन सकेनन् । आफ्नो साथीलाई हेरेर उनले पेशा बदले र जुत्ता पालिस गर्न थाले । अहिले उनी आफ्नो काम र कमाइ दुुबैबाट निकै खुसी छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment