Comments Add Comment

मेट्रोमा पुरुषका लागि अनौठो सिट, जहाँ बस्न कोही रुचाउँदैनन्

मेक्सिको मेट्रो सिटीले महिलामाथि हुने लैंगिक हिंसाविरुद्ध चेतना जगाउने नाममा एउटा ‘लाजमर्दो’ प्रयोग गरेको छ ।

मेट्रोभित्र यस्तो सिट बनाइएको छ, जहाँ लिंगसहितको पुरुष आकृति देख्न सकिन्छ । सरकारी स्तरबाटै यस्तो प्रयोग गरिएको हो ।

यो सिट पुरुषले मात्रै प्रयोग गर्न पाउने भनेर सूचना टाँसिएको छ । तर, पुरुषहरुले यो सिट प्रयोग गर्नुभन्दा उभिएरै यात्रा गर्न रुचाएका छन् ।

यो सिटको बारेमा बनाइएको एउटा जानकारीमुलक भिडियोमा पुरुषहरु सिटमा बस्न तर्किएको र महिलाहरु सिटलाई देखेर लज्जित बनेको देख्न सकिन्छ ।

एक पुरुष सुरुमा थाहा नभएर सिटमा बस्छन्, तर जब तलबाट घोच्छ, उनी बुरुक्क उफ्रिन्छन् र असहज मान्दै उभिएर यात्रा गर्छन् ।

अर्का एक पुरुषचाहिँ सिटमाथि आफ्नो ब्याग ओछ्याएर बस्छन् । कतिपय पुरुषहरु सिटलाई देखेरै दिगमिग मान्छन् र बस्ने रुची नै देखाउँदैनन् ।

सिटमुन्तिर लेखिएको सन्देशमा भनिएको छ, ‘यो सिटमा बस्न असहज लाग्छ, तर, महिलाहरुले आफ्नो दैनिक जीवनमा भोग्ने लैंगिक हिंसाको तुलनामा यो केही पनि होइन ।’

मेक्सिको सिटीमा प्रत्येक १० मध्ये ९ महिला कुनै न कुनै प्रकारको यौनहिंसाबाट पिडित रहेकाले सचेतनाका लागि यो विधि अपनाइएको सरकारको भनाइ छ ।

सार्वजनिक यातायातका साधनमा महिलाहरुमाथि हुने यौन दुर्व्यवहारका घटनाहरु प्रायः गुपचुप नै रहन्छन् । यस्ता घटनालाई प्रहरीसम्म पुर्‍याउन महिलाहरु हिच्किचाउँछन् । यसलाई मध्यनजर गर्दै सरकारले महिला मात्रको सार्वजनिक यातायात प्रहरी इकाई खडा गरेको थियो । तर, त्यो खासै प्रभावकारी भएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment