Comments Add Comment

नेपालले तेस्रो विकेट गुमायो, ज्ञानेन्द्र ७० रनमा आउट


१७ चैत, काठमाडौं । एसीसी इमर्जिकपमा हङकङले प्रस्तुत गरेको २१५ रनको लक्ष्य पछ्याएको नेपालले तेस्रो विकेट गुमाएको छ ।

२७ औं ओभरको अन्तिम बलमा कप्तान ज्ञानेन्द्र मल्ल आउट भएका हुन् । उनले ८२ बलमा ११ चौकाको मदतमा ७० रन बनाए ।

उनले पहिलो विकेटका लागि आशिफ शेखसँग ३७ र दिलिपनाथसँग ४४ रनको साझेदारी गरे । तेस्रो विकेटका लागि दिपेन्द्र सिंह ऐरीसँग ३४ रनको साझेदारी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment