Comments Add Comment

उल्टो दिशामा घुम्छन् यहाँका घडी, यस्तो तर्क गर्छन् मानिसहरु

घडीको सुुई बायाँबाट दायाँतर्फ घुम्दछ । तर यो दुनियामा यस्ता ठाउँ पनि छन् जहाँ त्यसको उल्टो दिशामा सुुई घुम्ने घडीको प्रयोग हुन्छ ।

उल्टो दिशामा घुम्ने घडीको प्रयोग गर्ने ठाउँ हाम्रै छिमेकी देश भारतमा छन् भारतको छत्तिसगढमा बस्ने केही आदिवासीहरुले वर्षौँदेखि उल्टो घुम्ने घडी प्रयोग गर्दै आएका छन् ।

छत्तिसगढका कोरबा, कोरिया सरगुजा, बिलासपुर तथा जशपुर जिल्लामा बस्ने आदिवासीहरुले लामो समयदेखि उल्टो दिशामा घुम्ने घडीको प्रयोग गर्दछन् ।

उनीहरुले प्रयोग गर्ने घडीका सुुई दायाँबाट बायाँतर्फ घुम्दछन् । आखिर आदिवासीहरु किन त्यसो गर्छन् भन्ने कुुराको चुुरो फेला परेको छैन । तथापि सन् १९८० को दशकमा जब पृथक गोडवाना आन्दोलनले उग्र रुप लियो सोही दौरान ती उल्टा घडीहरु पहिलोपटक आदिवासीहरुलाई बाँडिएको थियो ।

आदिवासीहरुको भनाई छ की पृथ्वी सूर्यको परिक्रमा गर्दा दायाँबाट बायाँ घुम्दछ ।

खेतबारीमा जोत्दा गोरुलाई पनि दायाँबाट बायाँ घुमाइन्छ । सबै लहराहरु, लिपपोतको तरिका, अन्न पिँध्ने जाँतो, विवाह तथा मृत्युका बेला फेरो लगाउँदा सबै चिजमा दायाँबाट बायाँ घुमाइन्छ । यसो हुँदा घडी पनि सोही दिशामा घुम्नुपर्ने आदिवासीहरुको तर्क छ । सबै मानवीय कार्यको घुमाइ दायाँबाट बायाँ हुने हुनाले घडीको सुुइ पनि दायाँबाट बायाँ घुम्दा कुनै गलत नहुने आदिवासीहरु बताउँछन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment