Comments Add Comment

चुनावमा चीनको सहयोगः सियो र टेपदेखि पञ्चिङ्ग मेसिनसम्म

भारतले मसी दिने अझै अनिश्चितः प्रवक्ता

१७ चैत, काठमाडौं । चीन सरकारले नेपालमा बैशाख ३१ गते सम्पन्न हुने स्थानीय निर्वाचनलाई विभिन्न प्रकारका एक दर्जन सामाग्रीहरु दिने भएको छ । चिनियाँ दुतावासले करिब एक दर्जन मसलन्द सामाग्री निर्वाचन आयोगलाई दिने बताएको छ ।

चीन सरकारले स्थानीय निर्वाचनमा प्रयोग हुने मसलन्द सामाग्रीहरु, टेप, स्केल, स्ट्यापलर, पञ्चिङ्ग मेशिनलगायतका सामान उपलब्ध गराउने प्रतिवद्धता जनाएको आयोगको प्रवक्ता सूर्यप्रसाद शर्माले बताए ।

यस्तै चीन सरकारले धागो, झोला, रातो र कालो मसीका पाइलट पेन लगायतका सामाग्री समेत सहायताका रुपमा उपलब्ध गराउने बताएको छ । दुतावासले आयोगलाई पत्र लेखेर ती सामानहरु आगामी बैशाख १० गतेअघि नै आयोगलाई हस्तान्तरण गर्ने प्रतिवद्धता जनाएको छ ।

भारतबाट मसी !

भारत सरकारले भने निर्वाचन सहायताको रुपमा उपलब्ध गराउने भनेको मसीबारे कुनै प्रतिवद्धता नजनाएको आयोगले जनाएको छ ।

आयोगको प्रवक्ता शर्माले भने ‘दिन्न भनेको होइन, तर समयमा पाउनेमा ढुक्क हुन सकिएन ।’

भारतले समयमा मतदानका क्रममा प्रयोग गर्ने मसी उपलब्ध नगराउने भएपछि आयोग आफैँले खरिद गर्ने तयारी गरेको छ ।

भारत सरकारले पूर्व प्रतिवद्धता अनुसार मसी उपलब्ध गराए त्यस्तो मसी आगामी निर्वाचनमा प्रयोग गर्न सकिने पनि आयोगले जनाएको छ । आयोगले मसीको सट्टामा मार्कर पेन खरिद गर्न लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment