Comments Add Comment

राजेन्द्र महतो जातिवादी भएको भन्दै केन्द्रीय सदस्यहरुद्वारा पार्टी परित्याग

१७ चैत, रौतहट । सदभावना पार्टीका केन्द्रीय सदस्य तथा युवा विभाग प्रमुख योगेन्द्र यादवसहित एक दर्जन भन्दा बढी कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । रौतहटमा पत्रकार सम्मेलन गरेर उनीहरुले सदभावना परित्याग गरेका हुन् ।

पार्टी अध्यक्ष राजेन्द्र महतो परिवारवाद तथा जातिबादको विचारधाराबाट अघि बढेकोले यथास्थितिमा पार्टीमा बस्ने वातावरण नभएकाले बाध्य भइ सामुहिक राजिनामा दिएको उनीहरुले बताए ।

राष्ट्रिय नेतृत्वको अलोकतान्त्रिक रवैया तथा स्वेच्छाचारी क्रियाकलाप र मधेसको मुद्दा भन्दा खास व्यक्ति विशेषको संकिर्ण वैचारिक नीतिलाई पार्टीको मूल कार्यदिशाको रुपमा लागू गरेको आरो उनीहरुले लगाएका छन् ।

प्ाार्टी परित्याग गर्नेमा केन्द्रीय सदस्यहरु योगेन्द्र यादव, शम्भु सिंह सुपि्रम र राजकुमार दास साथै जिल्ला सचिव राकेश यादव समेत छन् । त्यस्तै जिल्ला कार्य समितिका सदस्य मोहन श्रीवास्तव, रविन्द्र यादव, सुनिल झा, रामईश्वर सहनी, जियालाल दास, शंकर चौधरी, कमल पासवानले पनि राजीनामा दिएका छन् ।

युवा मञ्चका पंकज मिश्र, शशीकुमार यादव र किसान मञ्च रौतहटका अध्यक्ष कपील यादवले पनि पार्टीबाट राजीनामा दिएका छन । नेता योगेन्द्र यादवले पार्टी अध्यक्षमा व्यक्तिवाद र जातिवाद हावी भएकाले बाध्य भएर पार्टी छाडेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment