Comments Add Comment

हङकङविरुद्ध ज्ञानेन्द्र, शरद र दिपेन्द्रको अर्धशतक, ७ विकेटको जित (फोटो फिचर)

१७ चैत, काठमाडौं । बंगलादेशमा जारी एसीसी इमर्जिङ नेशन्स कप क्रिकेटमा नेपालले बिहीबार सान्त्वना जित हासिल गर्‍यो ।

सुरुवाती दुई खेलमा पाकिस्तान र बंगलादेशको यू-२३ टोलीसँग पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको नेपालले तेस्रो तथा अन्तिम खेलमा हङकङबिरुद्ध ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्‍यो ।

२१५ रनको लक्ष्य पछ्याएको नेपालले ३४ बल अगावै पूरा गर्दा तीन ब्याट्सम्यानले अर्धशतक प्रहार गरे । ओपनर तथा कप्तान ज्ञानेन्द्र मल्लले ७० रन बनाएर नेपाललाई राम्रो सुरुवात दिलाएका थिए ।

अर्का अनुभवी ब्याट्सम्यान शरद भेषावकर र इमर्जिङ ब्याट्सम्यान दिपेन्द्र सिंह ऐरीले चौथो विकेटका लागि अविजित १०५ रनको साझेदारी गरेपछि नेपाल ठूलो लक्ष्य पछ्याउन सफल भयो ।

शरदले छक्का प्रहार गर्दै अर्धशतक बनाएका थिए । उनले ५५ रनको योगदान गरे । त्यस्तै दिपेन्द्रले छक्का प्रहार गर्दै नेपालको लागि फिनिसरको भूमिका खेले । उनले ६० रन बनाए ।

शेख कमल अन्तर्राष्ट्रिय रंगशालामा नेपालले हङकङलाई निर्धारित ओभरमा २१५ रनमा समेट्यो । अभिनाश कर्णले ३ विकेट लिए । उनले बंगलादेशबिरुद्ध पनि ३ विकेट लिएका थिए ।


तस्वीरः रमन शिवाकोटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment