Comments Add Comment

नयाँ भर्सनमा आयो हुण्डाईको ग्राण्ड आई-१०, के छन् यसका फिचर्स ?


१७ चैत, काठमाडौं । हुण्डाईले आफ्नो लोकप्रिय कार हुण्डाई ग्राण्ड आई-१०को फेसलिफ्ट-२०१७ नेपालमा पनि सार्वजनिक गरेको छ । साविकको आई-१०को अपग्रेडेड भर्सन यो नयाँ मोडलमा अघिल्लोमा भन्दा स्वरुप र फिचर परिवर्तन गरिएको छ ।

हुण्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले काठमाडौंमा बिहीबार एक कार्यक्रम आयोजना गरी नयाँ ग्राण्ड आई-१० फेसलिफ्ट भर्सन सार्वजनिक गरेको हो । लक्ष्मी इन्टरकन्टिनेन्टलका कार्यकारी निर्देशक अञ्जन श्रेष्ठ र मिस नेपाल अष्मी श्रेष्ठले संयुक्त रुपमा गाडी अनावरण गरे ।

यसको सुरुवाती मूल्य नेपाली बजारमा २६ लाख ९६ हजार रुपैयाँ छ भने यसको टप भेरियन्टको मूल्य ३२ लाख ५६ हजार रुपैयाँसम्म तोकिएको छ ।

यो गाडी विशेष गरी विभिन्न पेशा ब्यवसायका लागेका ब्यक्तिहरु डाक्टर, इञ्जिनियर, प्रोफेसर, ब्यवसायीहरुलाई मुख्य लक्षित गरेर सार्वजनिक गरिएको हो । यसबाहेक कार का नयाँ प्रयोगकर्ताका लागि पनि यो उत्तम विकल्प हुने कम्पनीको विश्वास छ ।


यस्तै इन्ट्री लेभलमा अन्य कार चढिसकेकाहरुलाई अपग्रेड हुन पनि ग्राण्ड आई-१०को फेसलिफ्ट आकर्षक विकल्प बन्न सक्ने देखिएको छ ।

विशेष गरी प्रमियम गाडीको जस्तो डिजाइन, इन्टेरियर, पावर र फिचर्सहरुले यसलाई शानदार बनाएको छ ।

हुण्डाईको ग्राण्ड आई-१०ले नेपालमा यसअघि नै आफ्नो सेगमेन्टमा राम्रो प्रभाव छोडेको थियो । झण्डै ३५ सय बढी ग्राण्ड आई-१० बिक्री भइसकेको छ ।

नयाँ ग्राण्ड आई-१०मा पेट्रोल भर्सनमा १.२ लिटरको पेट्रोल इञ्जिन छ । यसको पावर ८३ पीएस छ । यसमा ५ स्पीड मेनुअल र ४ स्पीड अटोमेटिक ट्रान्समिसनको विकल्प राखिएको छ ।

नयाँ ग्राण्ड आई-१०को पेट्रोल मेनुअलमा न्युनतम् १४ किलोमिटर र अधिकतम् १९ प्रतिलिटरको माइलेज दिन्छ ।

डिजाइनमा अब्बल


नयाँ ग्राण्ड आई-१०को डिजाइनमा पनि विभिन्न बदलाव गरिएको छ । यसको ग्रील, बम्पर र फग लाइटमामा परिवर्तन गरिएको छ । फग लाइटको बम्परको मुनि पहिलाकोभन्दा बढी दिइएको छ, यो बूमर्‍याङ्क डिजाइनवाला ब्रेकेटमा पाइनेछ । क्यासकेड डिजाइनले यो आकर्षक मात्रै छैन, सबैको ध्यान खिच्न यो समर्थ पनि बनेको छ ।

फगलाइटसँगै डे टाइम रनिङ ल्याम्प पनि दिइएको छ । हेड ल्याम्प्स र बनोटको डिजाइनमा नयाँ परिवर्तन गरिएको छ । पहिलेको ग्राण्ड आई-१० भन्दा यो बिल्कुल नयाँ देखिएको छ ।

साइडमा १४ इञ्चको नयाँ डायमन्ड कट एलोयह्वील दिइएको छ । पछाडितर्फ डुअल टोन, बम्पर दिइएको छ । यसैले ग्राण्ड आई-१०लाई निकै नयाँ स्वरुपमा प्रदर्शन गर्छ ।

नयाँ रंगको सज्जा

पहिलाको जस्तै ग्राण्ड आई-१० ६ रंगमा उपलब्ध हुनेछ । तर, यसमा वाइन रेडको सट्टा प्यासन रेड राखिएको छ ।

यो पहिलाको रंगभन्दा निकै चम्किलो र स्र्पोटी लुक्ससहितको छ । ग्राण्ड आई-१० सिल्क सिल्भर, ट्वीलाइट ब्लु, स्टार डस्ट, प्योर ह्वाइट र गोल्डेन अरेन्ज कलरको विकल्पलाई कायम राखिएको छ ।

क्याबिनमा बदलाव

क्याबिनको कुरा गर्ने हो भने नयाँ ग्राण्ड आई-१०मा पुरानै जस्तो बेज-ब्ल्याक कलर शेड दिइएको छ । ड्राइभरसाइड एयरब्याग र फ्रन्ट पावर विन्डोज पहिलोको जस्तै स्टान्र्डडमा कायम छ ।

ड्युल फ्रन्ट एयरब्याग, स्र्पोट्स भेरियन्टबाट स्टान्डर्ड दिइएको छ । यसले सेफटी फिर्चसमा अब्बल ग्राण्ड आई-१० लाई सावित गरेको छ ।

इन्टेरियर पक्ष

नयाँ ग्राण्ड आई-१०को इन्टिेरियरमा केही नयाँ फिचर्स राखिएका छन् । एपल कारप्ले, गूगल एन्ड्रोइड अटो, स्मार्टफोन नेभिगेशन, भ्वाइस रिकग्निशन र मिरर लिंक कनेक्टीभिटी सपोर्ट गर्ने ७ इञ्चको टचस्क्रीन इनफोटेन्मेट सिस्टम जोडिएको छ ।


अटोमेटिक क्लाइमेट कन्ट्रोल एसी र रियर पार्किङ क्यामेरा पनि यसमा छ । कार पार्किङ गथर्दा अब पछाडिसाइडलाई क्यामेरामार्फत अघि डिस्प्लेमा नै हेर्न सकिन्छ । इन्सपेक्ट अटो डोर लक फिचर्स पनि दिइएको छ ।

इन्टेरियर डिजाइनले यो कारलाई स्तरीय बनाएको छ कारमा बस्दा घरभित्र बसेजस्तै महसुश गराउने गरी यसमा विभिन्न फिचर्सहरु राखिएका छन् । कूलिङ बक्स, रेयर एसी भेन्ट लगायतका फिचर्सले यात्रुहरुलाई स्तरीय सुविधासहित आरामदायी यात्राको ग्यारेन्टी गर्छ ।

प्रतिस्पर्धा कोसँग ?


विभिन्न फिचर्सहरुका कारण ग्राण्ड आई-१०को फेस लिफ्ट बोल्ड, स्पोर्टी, सेफ्टी र डायनामिक छ । नयाँ रिफ्लेक्टरले यसलाई यसलाई पृथक तुल्याएको छ ।

यसको ग्राण्उड क्लेयरेन्स १६७ एममएम छ । यसमा ४३ लिटरको फ्युल ट्यांक छ । यसको मुख्य प्रतिस्पर्धा नेपाली बजारमा मारुतीको स्विफ्ट, भग्सवागनको पोलो र फोर्डको फिगोसँग हुनेछ ।

भिडियो हेर्नुस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment