Comments Add Comment

बालिका बलात्कारको अभियोगमा एक पक्राउ

१७ चैत, कैलाली । साढे दुई बर्षीया बालिका बरात्कार गरेको आरोपका जिल्ला प्रहरी कार्यालय कैलालीले एक युवकलाई पक्राउ गरेको छ ।

धनगढी उपमहनगपरपालिका वडा नम्बर ५, हसनपुरका १७ वर्षीय महेश्वर शर्मा बालिका बलात्कारको आरोपमा पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक इन्द्र बहादुर मल्लका अनुसार चैत्र १६ गते दिउँसो घरमा एक्लै खेलिरहेको अवस्थामा आरोपी शर्माले बलात्कार गरी फरार भएको भन्ने जानकारी बालिकाका आफन्तले दिएपछि शर्मालाई लुकिछिपी बसिरहेको अवस्थामा चटकपुरबाट नियन्त्रणमा हो ।

बलात्कृत बालिकाको गम्भीर अवस्थामा उपचार भैरहेको जानकारी दिँदै प्रहरी निरिक्षक मल्लले पक्राउ परेका शर्मालाई हिरासतमा राखि आवश्यक अनुसन्धान गरिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment