Comments Add Comment

रुपन्देहीमा म्यादी प्रहरीका लागि साढे ३ हजारको आवेदन

१७ चैत, भैरहवा । म्यादी प्रहरीमा भर्ना हुनका लागि रुपन्देहीमा साढे ३ हजारको आवदेन परेको छ ।

अगामी बैशाख ३१ गतेको स्थानिय निकायको निर्वाचनको लागि सरकारले चैत ११ गते देखि चैत १७ गते सम्म म्यादी प्रहरीको लागि भर्ना आहृवान गरेको थियो । जसअनुसार म्यादी प्रहरीमा भर्ना हुनका लागि ३ हजार ४ सय जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी बेल बहादुर पाण्डेले बताए ।

जिल्लामा २ सय ६ मतदान स्थल केन्द्र तोकिएको छ । र, एक हजार मतदाता बराबार एक केन्द्र रहने निर्वाचन कार्यालयले जनाएको छ । जसको सुरक्षार्थ म्यादी प्रहरी खटाइनेछ ।

दोस्रो संविधान सभाको निर्वाचनको बेला रुपन्देहीमा एक हजार २ सय म्यादी प्रहरी खटाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment