Comments Add Comment

भारतलाई हराउँदै अफगानिस्तान इमर्जिङ कपको सेमिफाइनलमा

१७ चैत, काठमाडौं । भारतको यू-२३ टोलीलाई २ विकेटले हराउँदै अफगानिस्तानको इमर्जिङ टिमले एसीसी इमर्जिङ नेशन्स कपको सेमिफाइनलमा स्थान बनाएको छ ।

अफगानिस्तानसँगको पराजयपछि भारत प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । तीन टोलीको समान ४ अंक भएपछि नेट रनरेटको आधारमा श्रीलंका र अफगानिस्तानले भारतलाई पछि पारे ।

जाहुर अहमद चौधरी रंगशालामा भारतले दिएको २४३ रनको लक्ष्य अफगानिस्तानले ४६.३ ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍यो ।

उसका लागि योनास अमदजाईले ५१ तथा सामी सिनवारीले ५० रनको अर्धशतकीय योगदान दिए । तेस्रो विकेटका लागि यी दुईले गरेको ८४ रनको साझेदारीले अफगानिस्तानले ठूलो चुनौति पूरा गर्न सफल भएको हो ।

आयरल्याण्डसँग चार दिवसशीय खेल खेलिरहेको अफगानिस्तानले इमर्जिङ कपका लागि दोस्रो बरियाताको टोली पठाएको थियो । विश्वबिजेता भारतको युवा टोलीलाई हराएर अफगानिस्तानले ऐतिहासिक जित हासिल गरेको छ ।

यसअघि टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै २४२ रन बनाएको थियो । भारतका लागि हनुमा बिहारीले ५९ रनको अविजित पारी खेले भने शुभम गिलले ४६ रन बनाएका थिए । अफगानिस्तानका लागि नभीन उल हकले ४ विकेट लिए भने गुडवाडिन नइवले २ विकेट लिए ।

समूह ए बाट उपबिजेताको रुपमा सेमिफाइनल पुगेको अफगानिस्तानले समूह बीको बिजेता पाकिस्तानसँग फाइनल प्रबेशका लागि प्रतिस्पर्धा गर्नेछ । त्यस्तै समूह ए को बिजेता श्रीलंकाले समूह बी को उपबिजेता बंगलादेशसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment