Comments Add Comment

लिभ इन रिलेसनसिपः कतै तपाई फस्दै त हुनुहुन्न ?

यसका फाइदा र बेफाइदा के छ ?

नेपाली परिवेशमा पनि अहिले लिभ इन रिलेसन सामन्य बन्दै गएको छ । केटा र केटी आपसी सहमतीमा, बिवाह नगरी पती-पत्नी जस्तै बनेर बस्ने काइदा हो यो । एक हिसाबले दाम्पत्य जीवनको अभ्यास गर्ने विधी पनि हो, लिभ इन रिलेसनसिप ।

यसलाई आफ्नो परीक्षा लिने अवसरको रुपमा पनि लिन सकिन्छ । दाम्पत्य जीवनलाई कसरी लामो समय टिकाउने, कसरी सुमधुर बनाउने, पार्टनरको अपेक्षालाई कसरी पुरा गर्ने जस्ता कुरामा आफुले आफैलाई जाँच्ने मौका दिन्छ ।

लिभ इन रिलेसनमा रहनुको फाइदा छन्, बेफाइदा पनि ।

ध्यान राख्नैपर्ने कुरा

–     यदि सम्बन्ध टुटेको अवस्थामा तपाईले आफुलाई सम्हाल्न सक्नुहुन्न वा त्यसलाई सहजै पचाउने क्षमता छैन भने तपाईको निम्ति लिभ इन रिलेसनमा रहनु दुखदायी हुनसक्छ ।

–     लिभ इन रिलेसनमा पार्टनरको मुड परिवर्तन हुन समय लाग्दैन । र, हठात पार्टनरले अलग हुने निर्णय लिन सक्छ ।

–     लिभ इन रिलेसनमा त्यही व्यक्तिलाई साथ दिनुहोस, जोसँग तपाई कम्तीमा पनि एक बर्षदेखि परिचित हुनुहुन्छ ।

–     यदि तपाई कसैलाई एकतर्फी प्रेम गर्नुहुन्छ भने त्यस्ता पार्टनरसँग लिभ इन रिलेसनमा रहनुको कुनै सार्थकता हुन्न ।

–     यदि तपाई ३० बर्ष भन्दा बढी उमेरको हुनुहुन्छ भने लिभ इन रिलेसनसिपमा रहनुअघि गंभिरतापूर्वक सोच्नुहोस्, कतै जीवनभर तपाई अबिवाहित नै हुनुपर्ने पो हो कि ।

–     यदि कसैसँग तपाई एक पटक लिभ इन रिलेसनसिपमा रहिसक्नुभएको छ भने, दोस्रो पटक त्यही व्यक्तिसँग लिभ इन रिलेसनमा बस्नु रसपूर्ण नहुन सक्छ ।

–     यदि आफ्नो पार्टनरसँग बिवाह गरिसकेपछि परिवारले स्विकार्ने अवस्था छैन भने त्यस्ता व्यक्तिसँग लिभ इन रिलेसनसिपमा बस्दा तनाव झेल्नुपर्ने हुनसक्छ ।

–     जसमाथि तपाईको भरोसा छैन, जोसँग तपाईको मन मिल्दैन, ति पार्टनरसँग लिभ इन रिलेसनमा बस्नुको अर्थ छैन ।

के कुरामा सावधान रहने ?

– गंभिरतापूर्वक मनन गर्नुहोस् त, कतै पार्टनर केवल तपाईलाई प्रयोग गरिरहेका त छैनन् ।

–     अन्तरंग फोटो र भिडियो खिच्ने काम नगरौं । पछि यसको दुरुपयोग हुनसक्छ । पार्टनरले लुकाएर भिडियो वा फोटो खिचिरहेको छ कि ? सावधान रहनुपर्छ ।

–     पार्टनरले केवल पैसाको लागि तपाईसँग सम्बन्ध स्थापित त गरिरहेको छैन ? ख्याल राखौं ।

–     पार्टनरले केवल आफ्नो मन बहलाउनका लागि पनि तपाईलाई प्रयोग गरिरहेको हुनसक्छ, सर्तक रहनुहोस् ।

–     लामो समय लिभ इन रिलेसनसिपमा रहेर पनि तपाईको भविष्य उज्वल हुने संकेत मिलेन भने त्यो सम्बन्धलाई अगाडि नबढाउनुहोस् ।

–     सानो उमेरमा लिभ इन रिलेसनसिपको चक्करमा नपरौं ।

के छ फाइदा ?

– लिभ इन रिलेसनसिपमा तपाईले आफ्नो पार्टनरको बारेमा जान्ने मौका पाउनुहुनेछ ।

–     दाम्पत्य जिम्मेवारीलाई नजिकबाट अनुभव गर्ने मौका मिल्नेछ ।

–     राम्रो पार्टनर मिल्यो भने लिभ इन रिलेसनसिपमा रहनु लाभदायक हुनेछ ।

–     दुबै पार्टनरलाई आ-आफ्नो जिम्मेवारी बोध गर्ने अवसर मिल्नेछ ।

–     दुबैले आफ्नो हिसाबले खर्च गर्ने र बचत गर्ने अभ्यास हुन्छ ।

के छ बेफाइदा ?

– यदि खराब पार्टनर मिल्यो भने त्यो जीवनभरको लागि पीडादायक स्मृति बन्नेछ ।

–     लिभ इन रिलेसनसिपमा दुबैमा असुरक्षाको भावना हुन्छ ।

–     लिभ इन रिलेसनसिपको कुरा परिवारले थाहा पाएमा तनाव पैदा हुन्छ ।

–     लिभ इन रिलेसनसिपले करियरमा बाधा पुग्न सक्छ ।

–     सानो सानो कुरा पनि तनावको कारण बन्न सक्छ ।

–     लिभ इन रिलेसनसिपपछि यदि सम्बन्ध टुट्यो भने अर्कोसँग नयाँ सम्बन्ध बनाउन गाह्रो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment