Comments Add Comment

निर्मल निवासमा हृदयन्द्रको व्रतवन्ध, वाजागाजासहित ल्याइयो बसन्तपुर (फोटो फिचरसहित)

१७ चैत, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्रले आफ्ना नाति हृदयन्द्रको शुभ उपनयन (व्रतवन्ध) बिहीबार सम्पन्न गरेका छन् ।
व्रतवन्धपछि उनलाई बसन्तपुर दरबार क्षेत्रमा अवस्थित राज्य गणेश श्री अशोकविनायक मन्दिरमा बाजागाजासहित पुर्‍याइएको थियो ।१५ वर्षका हृदयन्द्रको व्रतवन्ध दिउसो १ः१५ बजेको शुभसाइतमा निर्मल निवासमा भएको हो ।

त्यहाँ राजपरिवारका आफन्त र सर्वसाधारणको ठूलो भिड लागेको थियो । हृदयन्द्रका हजुरवुवा ज्ञानेन्द्र र बुवा-आमा पारस र हिमानी भने त्यहाँ उपस्थित भएनन् ।

पूर्वराजाले नातिको व्रतवन्धका अवसरमा २४ चैतमा सोल्टी होटलमा भोज आयोजना गरेका छन् । उक्त भोजमा राष्ट्रपति, प्रधानमन्त्रीदेखि देशका गन्यमान्य व्यक्तिहरुलाई आमन्त्रित गरिएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment