Comments Add Comment

एमालेको संगठन देखेर कांग्रेस र माओवादी आत्तिएः ओली

१७ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेको बलियो संगठनसहित पूर्णकदको राजनीति देखेर सत्तासिन दलहरु आत्तिएको बताएका छन् ।

एमालेको स्कुल विभागले लतिलपुरस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा बिहीबार गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलील नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको नाम नै लिएर एमालेको ससक्त संगठन देखेर आत्तिएको बताए ।

कांग्रेसको केन्द्रीय समिति बैठकमा समेत एमालेलाई कसरी तह लगाउने भन्ने विषयले चर्चा पाएको भन्दै उहाले एक्लै एक दुई जनाले खोलेको पार्टी जस्तो एमाले नभएको बताए ।

राम्रा नीति र कामले जनतामा राम्रो छवि बनाउन सफल भएकाले एमाले सबैको इष्र्याको केन्द्र बनेको र त्यो स्वभाविक भएको उनले बताए ।

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले आफू सरकारमा रहँदा र बाहिर रहँदा दलहरुले भिन्न भिन्न ढंगले लोकतन्त्रको परिभाषा गर्ने गरेको भन्दै उनले एमालेले भने त्यसो नगर्ने बताए । एमाले विश्वव्यापी मान्यता अनुसार लोकतन्त्रको मूल्य र मान्यता अनुसरण गर्दे अघि बढ्ने तर, कसैको अनुकरण नगर्ने ओलीले बताए ।

हाउभाउसहित माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डतर्फ इंकित गर्दे उनले आफूहरुले कहिल्यै अनुकरण नगर्ने दाबी गरे । एमाले सरकारमा गए सकारात्मक काम गरेर मुलुकमा तहल्का मच्चाउने उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment