Comments Add Comment

विदेशिएका कामदारको परिवारका रोगी सदस्यलाई सरकारी उपचार खर्च


१८ चैत, काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा गएका कामदारका परिवारका सदस्य गम्भीर बिरामी परेमा आर्थिक सहायता प्रदान गर्ने भएको छ । विदेशमा काम गर्न गएकाको परिवारका कुनै सदस्यलाई कुनै दीर्घकालीन रोग वा गम्भीर स्वास्थ्य समस्या परेमा आर्थिक सहायता उपलब्ध गराउने निर्णय भएको हो ।

वैदेशिक रोजगारीमा गएका कामदारको करार अवधि कायम रहेको अवस्थामा उसका परिवारका सदस्यलाई गम्भीर प्रकृतिका रोग लागेमा वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले उपचार खर्च उपलब्ध गराउने भएको छ ।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले त्यस्ता कामदारका परिवारका सदस्यमा क्यान्सर, मृगौला प्रत्यारोपण, मुटुको शल्यक्रिया, पार्किन्सन र अलमाइजरका रोग लागेमा ५० हजार रुपैयाँसम्मको आर्थिक सहायता दिने निर्णय गरेको हो ।

यसअघि पनि २५ हजारसम्म परिवारका सदस्यलाई उपचार खर्च उपलब्ध गराउने व्यवस्था रहे पनि त्यसको कार्यान्वयन भएको थिएन ।
बोर्डका का अनुसार यसबाट वैदेशिक रोजगारीमा गएकाहरुलाई परिवारको सदस्यको उपचरमा गर्नुपर्ने खर्च कम हुनेछ ।

पहिलो चरणमा ५ वटा रोगका लागि यस्तो सहायता प्रदान गर्न लागिएपनि पछि यसलाई अन्य रोगहरुको बिरामीमा पनि विस्तार गर्ने योजना छ । सरकारले क्यान्सर, मृगौला, मुटुलगायतका रोगीलाई दिने सुविधामा यो थप हुनेछ बोर्डले यस्ता बिरामीले राज्यले दिने अन्य सुविधा लिन आफ्नो सहयोगले नरोक्ने बताएको छ ।

कामदार आफैंले पालनपोषणको जिम्मा लिएको पतिपत्नी, छोराछोरी, आमाबुबा र महिला कामदारको सासू, ससुरालेसमेत यस्तो सुविधा पाउनेछन् । सरकारले ‘कामदारका परिवारको स्वास्थ्य उपचार सम्बन्धी मापदण्ड, २०७३’ परित लागू गर्दै नयाँ ब्यवस्था गरेको हो ।

अहिले शल्यक्रिया गर्नु नपर्ने अवस्थामा बढीमा १५ हजार, सामान्य शल्यक्रिया गर्नुपर्ने भएमा ३० हजार र शल्यक्रिया गरी नियमित औषधि सेवन गर्नुपर्ने अवस्थामा ५० हजार उपलब्ध गराइने भएको छ ।

मापदण्डअनुसार उपचार खर्च दावी गर्न बोर्डको कार्यालयमा आवेदन दर्ता गराउनुपर्नेछ । आवेदनका लागि कामदारको श्रम स्वीकृतिको प्रतिलिपि अनिवार्य गरिएको छ ।

यस्तै कामदारको राहदानीको प्रतिलिपि, बिरामी व्यक्तिको नागरिकताको प्रतिलिपि, कामदार र बिरामीबीचको नाता प्रमाणित प्रतिलिपि, बिरामीलाई आर्थिक समस्या परेको प्रमाणित प्रतिलिपि, बिरामीको रोग खुल्नेगरी सरकारी अस्पताल वा मान्यताप्राप्त चिकित्सकको ‘प्रेस्किप्सन’ वा सिफारिसपत्र पेस गर्नुपर्ने बोर्डले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment