Comments Add Comment

ग्यालेक्सी एस ८ प्लस भर्सेस एप्पल सेभेन प्लसः कुन कति अब्बल ?

सामसुङको नयाँ फोन आइपुगेको छ, र यो आकारमा ठूलो छ । ६.२ इन्चको स्क्रीन भएको सामसुङ ग्यालेक्सी एस ८ प्लसले ५.५ इन्चको आइफोन ७ प्लसलाई पुड्को बनाइदिएको छ । यद्यपि समग्र बडीमा भने धेरै फरक छैन ।

प्रविधिका पोख्तहरुले आइफोन र सामसुङका यी दुई संस्करणलाई तराजुमा राखेर जोख्न थालिसकेका छन् । एजेन्सीहरुको रिपोर्टका आधारमा हामीले विश्लेषण गरेका छौं, आखिर कुन फोन कति पानीमा छन् त ?

स्क्रीन

एप्पलको सबैभन्दा ठूलो फोनमा ५.५ इन्चको एलइडी ब्याकलिट टचस्त्रिmन रहेको छ जुन रेटिना डिस्प्लेका रुपमा मान्यता प्राप्त छ । यसको रिजोलुसन प्रतिइन्च ४०१ पिक्सेल रहेको छ, जसको अर्थ नांगो आँखाले हेर्दा पनि तपाईंले यसमा कुनै थोप्ला देख्न सक्नुहुन्न ।

यद्यपि, यस विधामा सामसुङले बाजी मारेको छ किनकी यसको एस८ प्लसले ठूलो स्क्रीनलाई उही आकारको बडीमा समावेश गरेको छ जुन ६.२ इन्च रहेको छ । यसका अतिरिक्त यसले प्रतिइन्च ५२९ पिक्सेलको रिजोलुसन दिन्छ । यसको डिस्प्ले मोबाइल एचडिआर पि्रमियम स्त्रिmनका रुपमा प्रमाणित गरिएको छ जसको अर्थ यसले नयाँ भिडियो फम्र्याटले दिने फराकिलो रंगको दायरालाई डिस्प्ले गर्न सक्छ ।

विजेताः सामसुङ

क्यामेरा

आइफोन ७ एस प्लसको सबैभन्दा ठूलो परिवर्तन यसको फोटोग्राफिक रि-डिजाइन थियो । यसले दुई १२ मेगापिक्सेल क्यामेरा थप गरेको छ, एउटा वाइड एंगल र अर्को टेलिफोटो, जसले २ एक्स अप्टिकल जुम प्रदान गर्छ ।

सामसुङले आफ्नो पछिल्लो फोनमा फ्रन्ट क्यामेरालाई पुनःताजगी दिएर अतिरिक्त तीन मेगापिक्सेल र अटोफोकस थप गरेको छ भने १२ मेगापिक्सेलको रियर क्यामेरामा नयाँ एन्टीब्लर फिचर समावेश गरेको छ । कागजी रुपमा यस विधामा एप्पल अगाडि रहेको देखिन्छ, यद्यपि हामीे नयाँ सामसुङ क्यामेरा परीक्षण गर्नै बाँकी छ ।

विजेताः एप्पल (संभवतः)

असिस्टेन्ट

सामसुङको स्मार्ट भ्वाइस असिस्टेन्ट बिक्सबाइले एस८ प्लसभित्र पहिलोपटक प्रवेश पाएको छ र यसको धाक ठूलो छ ।

यसले बिक्सबाइलाई सपोर्ट गर्ने एप्समा धेरै कमाण्डहरु र कमान्ड कम्बिनेसन अफर गर्ने, तपाईं एपमा के गरिरनुभएको छ भनेर सचेत रहने तथा टच र भ्वाइस कन्ट्रोललाई एकीकृत गर्नेे कम्पनीले जनाएको छ । यद्यपि, बिक्सवाइ अहिलेसम्म परिक्षण भएको छैन ।

एप्पलको सिरी सन् २०११ देखि आइफोनमा समावेश छ र समयसँग यो बढि उपयोगी हुँदै गएको छ । यसमा तपाईंले नजिकका रेस्टुरेन्ट पत्ता लगाउन, एप्स खोल्न र भिडियो कल्सलाई प्लेस गर्न अनुरोध गर्न सक्नुहुन्छ । यो एकदमै भरपर्दो त छैन, तर उपयोगी अवश्य छ ।

विजेताः एप्पल

स्टोरेज

एप्पल र सामसुङ दुवैले स्टोरेज दिन कुनै कञ्जुस्याई गरेका छैनन् । सामसुङको ग्यालेक्सी एस८ प्लस ६४ जिवी स्टोरेजसहित आएको छ र यसले थप २५६ जिवी मेमोरी कार्डलाई सपोर्ट गर्छ ।

एप्पलको फ्ल्यास स्टोरेज प्रयोग गर्न छरितो हुन सक्छ, तर तपाईंलाई मात्र ३२ जिबी चाहिन्छ कि २५६ जिवीसम्म चाहिन्छ भनेर आफैं निर्णय गर्नुस ।

विजेताः बराबर

मूल्य

यी दुई फोनको मूल्य सोझो हिसाबले तुलना गर्न कठिन छ । यी दुवै उच्च मूल्यका फोनमा पर्छन् जसमा एप्पलको शुरुवाति मूल्य १ हजार २ सय ६९ डलर रहेको छ भने सामसुङको एक हजार ३ सय ४९ डलर ।

तर, पुरा कथा यो होइन । सबैभन्दा सस्तो आइफोन ७ प्लसले केवल ३२ जिवी स्टोरेज दिन्छ, जबकि सामसुङ ग्यालेक्सी एस८ प्लस ६४ जिवी स्टोरेजसहित आएको छ, जसलाई अझै बढाउन सकिन्छ ।

विजेताः सामसुङ

 

समग्र

समग्र प्रतिस्पर्धामा आइफोनले प्राविधिक जित हात पारेको देखिन्छ, तर यी दुईबीच एकदमै सानो अन्तर रहेकोमा शंका छैन । ६ महिनापछि एप्पलको नयाँ आइफोन आएसँगै यी दुईबीचको प्रतिस्पर्धा नयाँ विन्दूबाट सुरु हुनेछ ।

प्रबिधिको दुनियाँमा केही महिनाको अन्तर नयाँ आविस्कार थप्नका लागि ठूलो समय हो । त्यसमाथि एप्पलले आइफोन सुरु गरेको दशौं बर्षको अबसरमा थुप्रै नयाँ फिचरसहित ८ सेरिज ल्याउने चर्चा सुरु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment