Comments Add Comment

सासू-बुहारीलाई गोली हान्ने पक्राउ परे, मुख्य अभियुक्त मृतककै आफन्त

१८ चैत, विराटनगर । मोरङको कटहरीस्थित एकै परिवारका सासू वुहारीको हत्याका मुख्य अभियुक्त पक्राउ परेका छन् । उनी मृतकका आफन्तै नै हुन् ।

मोरङ प्रहरीले विराटनगर-१२ का २६ वर्षीय विष्णुकुमार डागालाई पक्राउ गरी सार्वजनिक गरेको हो । मोरङ प्रहरीका उपरीक्षक (एसपी) सन्दिप भण्डारीका अनुसार क्षेत्रिय प्रहरी कार्यालय र मोरङ प्रहरीको संयुक्त प्रयासमा विष्णुकुमार पक्राउ गरिएको हो ।

घटनामा अन्य व्यक्तिको पनि संलग्नता देखिएकाले उनीहरुलाई चाँडै नियन्त्रणमा लिने उनले बताए ।

चैत ४ गते अपराहृन कटहरी १ आर्दश टोलस्थित इन्द्रचन डागाको घरमा व्यक्ति प्रवेश गरी श्रीमती दिपा निरौला डागा र बुहारी अस्मिता भट्टराई डागालाई गोली हानेका थिए ।

हत्यामा संलग्न भएको अभियोगमा पक्राउ परेका विष्णुकुमार, दिपा र अस्मिता नाताले देवार हुन् ।

प्रहरीले घटनामा प्रयोग गरिएको मेडइन युएसए लेखिएको म्यागजिनसहित पेस्तोल एक थान, गोलीका खोका ३ थान, फायर भएको वुलेट एक थान समेत सार्वजनिक गरेको छ ।

प्रहरीले मृतक अस्मिता डागाले प्रयोग गरेको सामसुङ कम्पनीको मोबाइल सेट मृतक दिपा निरौलाले प्रयोग गर्ने मोबाइल सेट र डागा परिवारको घरमा फेला परेको २ लाख ८४ हजार २ सय ४५ रुपैयाँ पनि सार्वजनिक गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment