Comments Add Comment

प्रतिबन्धित देशमा नेपाली महिलाको बिक्री, संसदीय समितिले भन्यो-खाडी नपठाउनू


२१ चैत, काठमाडौं । नेपाली महिलालाई कुवेतमा काम लगाइदिने भन्दै गिरोहले साउदी अरेबिया पुर्‍याएर ‘हाउस मेड’ (घरेलु कामदार) का रुपमा बेच्ने गरेको खुलेको छ ।

नेपालले महिलालाई घरेलु कामदारका रुपमा साउदी जान प्रतिबन्ध लगाए पनि गिरोहले झुुक्याएर कुवेत हुँदै त्यहाँ पुर्याउने गरेको आजको नागरिक दैनिकमा खबर छ ।

साउदीमा घरमा काम गर्ने महिलामाथि मालिकबाट शारीरिक, मानसिक र भौतिक यातना दिइने सार्वजनिक भएपछि केही वर्षअघि सरकारले नेपाली महिलालाई त्यहाँ पठाउन रोक लगाएको थियो ।

विभिन्न गिरोहले नेपाली महिलालाई कुवेतमा आकर्षक काम र दामको प्रलोभन देर्खाइ त्यहाँ पुर्याएपछि साउदी पठाउने गरेको पीडितको भनाइ छ ।

यसैबीच, संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध दतथा श्रम समितिले खाडी मुलुकमा महिलालाई भरेलु कामदारका रुपमा नपठाउन निर्देशन दिएको छ । आइतबारको बैठकले ठोस कानुन नबन्दासम्म र ती मुलुकसँग द्विपक्षीय सम्झौता नहुँदासम्म खाडी मुलुकमा महिलालाई घरेलु कामदारका रुपमा नपठाउन सरकार र विभिन्न निकायलाई निर्देशन दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment