Comments Add Comment

आइफोनलाई पछार्ने यी हुन् ग्यालेक्सी एस८ का १० विशेषता


सामसुङले हालै लन्च गरेको ग्यालेक्सी एस८ र ग्यालेक्सी एस८ प्लसले प्रविधिको बजारमा राम्रै चर्चा पाइरहेको छ । मुलरुपमा यसको तुलना एप्पलको आइफोन ७ सँग हुने गरेको छ ।

स्क्रीन, स्टोरेज, क्यामेरा, चार्जिङ,मूल्य आदि बिषयमा दुई फोनवीच तुलना गर्ने क्रम जारी छ ।

सामसुङका नयाँ फोनमा थुप्रै रोमाञ्चक विशेषताहरु रहेका छन् । केही यस्ता विशेषताहरु पनि छन् जुन आइफोनमा भेट्न सकिँदैन । यहाँ त्यस्तै १० विशेषताहरुको चर्चा गरिएको छ ।

१.

यसमा ‘आइरिस स्क्यानर’ छ जसमार्फत फोन अनलक गर्न र सुरक्षित फोल्डरमा पुग्न सकिन्छ ।


सामसुङको भनाईअनुसार यो फिंगरप्रिन्ट सेन्सरभन्दा बढि सुरक्षित छ । तर, आइफोनसँग फिंगरपि्रन्ट सेन्सर मात्र छ ।

२.

अनुहार पहिचान गर्ने नयाँ फिचरले सेल्फीमार्फत फोन अनलक गर्न सकिन्छ ।


आइरिस वा फिंगरप्रिन्ट स्क्यानर प्रयोग गर्नुभन्दा यो धेरै नै छिटो हुन्छ ।

३.

ठूलो स्क्रीनः एस८ को स्क्रीन ५.८ इन्चको छ भने एस८ प्लसको स्क्रीन ६.२ इन्चको छ ।


आइफोन ७ को स्क्रीन कवल ४.७ इन्चको छ भने आइफोन ७ प्लसको स्क्रीन ५.५ इन्चको छ ।

४.

ग्यालेक्सी एस८ लाई ताररहित चार्जिङ प्याडमार्फत चार्ज गर्न सकिन्छ । यसले सामान्यभन्दा छिटो गतिमा चार्ज हुन्छ ।


आइफोनको ताररहित चार्जिङ छैन । छिटो चार्ज गर्ने विकल्प पनि यसको छैन ।

५.

हेडफोन ज्याकको सहयोगले स्टान्डर्ड हेडफेानहरु प्लग इन गर्न सकिन्छ ।

एप्पलले आइफोन ७ बाट हेडफोन ज्याक हटाएको छ । यदि यसमा तारयुक्त हेडफोन प्लग इन गर्नु छ भने ‘डोंगल’ प्रयोग गर्नुपर्ने हुन्छ ।

६.

सामसुङ पे’ मार्फत उच्चस्तरको चुम्बकीय क्रेडिट कार्ड रिडर्समा भुक्तानी गर्न सकिन्छ ।


‘एप्पल पे’ मा जस्तो विशेष एनएफसी प्याड आवश्यक पर्दैन ।

७.

ग्यालेक्सी एस८ मा फेसबुकको ओकुलसद्वारा प्रवर्द्धित आफ्नै भर्चुअल रियालिटी सफ्टवेयर रहको छ ।


अप्रिल २१ भन्दा अगाडि तपाईंले सामसुङ ग्यालेक्सी८ प्रिअर्डर गर्नुभयो भने निशुल्क एउटा गियर भिआर हेडसेट प्राप्त गर्न सक्नुहुन्छ । आइफोनले गुगल कार्डबोर्डजस्ता केही भिआर हेडसेट्समा काम गर्न सक्छ, तर यसले मुलरुपमा भिआरलाई सपोर्ट गर्दैन ।

८.

ग्यालेक्सी एस८ पछाडि मुटुको चाल थाहा पाउने सेन्सर रहेको छ ।


आइफोन प्रयोग गरेर धड्कन नाप्न चाहनुभयो भने तपाईंले एप्पल वाच वा अन्य उपकरण खरिद गर्नुपर्ने हुन्छ ।

९.

विशेषखालको ‘डक’ को सहयोगले तपाईं ग्यालेक्सी एस८ लाई मोनिटर किबोर्ड र माउससँग आवद्ध गर्न सक्नुहुन्छ । साथै, सामान्य कम्प्युटरमा स्मार्टफोनको अपरेटिङ सिस्टमको डेक्सटप भर्सन चलाउन सक्नुहुन्छ ।


यसखालको फिचर प्रमाणित भइसकेको छैन, तर यसले इन्टरप्राइजलाई आकषिर्त गर्न सक्छ । आइफोन स्क्रीनलाई प्रतिबिम्बित गर्न बाह्य डिस्प्ले नै चाहिन्छ ।

१०.

सामसुङको बिक्सबाइ डिजिटल असिस्टेन्टले वस्तुहरुलाई जिवन्तरुपमा देखाउनुका साथै नजिकै भ्रमण गर्ने ठाउँ, सपिङ सेन्टर लगायतका काम लाग्ने सुचनाहरु पनि दिन्छ ।


आइफोनको सिरीमा ‘सिल्कमार्ट’ क्यामेरा छैन ।

-बिजनेस इनसाइडरबाट अनुदित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment