Comments Add Comment

छालालाई घामबाट जोगाउन यसरी छान्नुहोस् क्रिम

२३ चैत, काठमाडौ । गर्मी मौसममा सुर्यबाट प्राप्त हुने अल्ट्रावायलेट विकिरणका कारण छालामा प्रभाव पार्ने गर्छ । यसबाट छालालाई बचाउन तथा छालालाई सुरक्षा प्रदान गर्न सनब्लक क्रिमको प्रयोग अनिवार्य छ ।

त्यसैले, सनब्लक क्रिमको खरीद गर्दा जहिले पनि छाला अनुसारको क्रिम खरीद गर्न अनिवार्य छ । गलत क्रिमले प्रयोगले तपाईको छालामा असर पुर्‍याउनुका साथैसमय अगावै छालालाई विगार्ने गर्दछ ।

यसबाट छालालाई सुरक्षा प्रदान गर्न तथा छालालाई सुन्दर बनाई राख्न हामीले सनब्लक क्रिम खरीदमा विशेष ध्यान दिन जरुरी छ ।

यस्तो क्रिमको प्रयोग गराैं जसले तपाईको अनुसारलाई प्राकृतिक ‘लुक्स’ दियोस, साथै अनुसार चिल्लो र चिपचिप देखिनबाट रोकोस् ।

यदि तपाईको अनुहारको छाला चिल्लो छ भने अनुहारलाई सुख्खा देखाउन जेल वा स्पे्रेमा उपलब्ध सनब्लक क्रिमको प्रयोग गर्नुहोस् । यसले तपाईको अनुहार चिल्लो देखिदैन । यदि तपाईको छाला सुख्खा छ भने लोसन वा क्रिमको रुपमा उपलब्ध सनब्लक क्रिमको प्रयोग बढी मात्रामा गरौं । । यसले तपाईको छालालाई सूर्यबाट प्राप्त हुने विकिरणबाट सुरक्षा प्रदान गर्छ ।

यूवीए तथा यूवीबीबाट सुरक्षा प्रदान गर्नेे सन्सक्रिमको प्रयोग गरौ । किनकि यूवीए विकिरणका कारण छालामा चाउरी पर्दछ र अनुहारको छाला कालो हुनथाल्छ ।

यूवीबीबाट सुरक्षाको लागि ‘एसपीएफ’ युक्त तथा यूवीएबाट छालालाई सुरक्षा प्रदान गर्नको लागि ‘पीए’युक्त सनब्लक क्रिमको प्रयोग गरौ ।

चर्को घाममा निस्कनु पुर्व एसपीएफ-३० तथा पीए प्लस प्लस वा यो भन्दा अधिक एसपीएफ तथा पीए भएको क्रिमको प्रयोग गरौ ।

सनव्लक क्रिमको प्रयोग गर्दा पर्याप्त मात्रामा कि्रममा छालामा लगाऔ । एक, दुई थोपा क्रिमको प्रयोगले अनुहारमा प्रभावकारी असर देखिदैन । त्यसैले, यदी तपाईलाई घरबाट बाहिर चर्को घाममा निस्कनु छ भने यसको प्रभावकारी प्रयोगका लागि घाममा निस्कनु करिब आधा घण्टा अगाडि नै यस्तो क्रिमको प्रयोग अनिवार्य रुपमा गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment