Comments Add Comment

फोर्डको अप्पर मुस्ताङ एडभेन्चर


२३ चैत, काठमाडौं । फोर्डले यति ट्राभल्स् सँग सहकार्य गर्दै ७ दिने फोर्ड अप्पर मुस्ताङ एडभेन्चरको आयोजना गर्दै छ । योजना अनुसार यो एडभेन्चरमा काठमाडौं पोखरा जोमसोम हुदै लोमानथाङसम्म पुगी पोखरा फर्केर समाप्त हुनेछ ।

फोर्डले आफ्नो गाडीहरुको उच्चतम टेक्नोलोजी र विशेषताहरु सु-सुचित गर्ने उद्देश्यले यस्तो कार्यक्रमहरु गर्दै आइरहेको छ । विभिन्न अफ-रोड कार्यक्रमहरु आयोजना गरी विशेषतः फोर्ड एडभेन्चर र फोर्ड रेन्जर अफ रोड ड्राइभको लागि दरिलो ढंगले बनाइएको हुनाले यस गाडीहरुको कौशलताको तथा अनुभवहरु ग्राहकवर्गहरु सामु ल्याउँदै आएको छ ।

यस ७ दिने कार्यक्रममा आफ्नो एसयूभी को कौशलता, क्षमताका साथै नेपालको अलौकिक सुन्दरता सँग साक्षत्कार हुने अवसर पनि भएको कम्पनीले जनाएको छ ।

यो कार्यक्रम फोर्डको मात्र नभई जुनसुकै ब्राण्डका गाडीहरु पनि समावेश हुन सक्नेछन् । आफ्नो गाडीहरुमा भएका विभिन्न अफ रोड फिचरहरु प्रयोग गर्ने र क्षमताको प्रत्यक्षदर्शी हुने यस कार्यक्रमले मौका/अवसर प्रदान गर्नेछ भनी आयोजकले आशा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment