Comments Add Comment

कसरी राख्ने घरलाई सुरक्षित ?

घर नहुनेलाई जति पिर छ, घर हुनेलाई पनि उत्तिनै । जब घर हुन्छ, त्यसको सुरक्षालाई लिएर हामीमा चिन्ता थपिन्छ ।  अक्सर शहरी क्षेत्रका दम्पती कामकाजी हुन्छन् । दिनभर उनीहरु कार्यलय वा कुनै व्यवसायमा तल्लिन हुन्छन् । छोराछोरी स्कुल/कलेजमा । यसरी घरमा कोहि नभएको बेला चोरी हुने संभावना उत्तिकै हुन्छ ।

शहरी क्षेत्रमा दिनानु दिन चोरीको घटना हुन्छन् । यसबाट आफ्नो घर कसरी सुरक्षित राख्ने ? धेरैको टाउको दुखाईको बिषय हो । चाडपर्वको बेला यस्तो जोखिम झन् बढ्छ । खासगरी राजधानीमा घर हुनेहरु पनि चाडपर्व मान्न दशैं तिहारमा पूख्र्यौली थलो र्फकन्छन् । तर, घर छाडेर सबैजना जान गाह्रो हुन्छ, चोरीकै डरले ।

यसरी चोरीको भयबाट मुक्त हुन केहि कुरामा ख्याल गर्नैपर्छ ।

होम सेफ्टीका लोकप्रिय साधन

ताला

१. ढोका एवं झ्यालको सुरक्षाका लागि राम्रो गुणस्तरको ताला छनौट गरौं ।

२.  केहि चावी यस्ता हुन्छन्, जसको डुप्लिकेट चावि वनाउन सकिदैन । यस्तै ताला खरिद गरौं ।

३. अहिले वजारमा ‘फिंगर पि्रन्ट लक’ पाइन्छ, जुन विशिष्ट फिंगर प्रिन्ट अर्थात घरका मालिकको फिंगर पि्रन्टवाट मात्र खुल्छ ।


सेन्सर

१. ढोका र झ्यालमा ‘शक सेन्सर’ लगाउनुहोस् । जव यसलाई तोडिन्छ, आलार्म वज्छ ।

२. अहिले वजारमा ‘मोशन सेन्सर’ पनि पाइन्छ, जो चोर आएको वेला वज्छ । परिणमतः चोर डराएर भाग्छ ।

 

भिडियो फोन

१. भिडियो फोनमा एक किसिमको स्क्रिन लगाइएको हुन्छ । जव कसैले कल वेल वजाउँछ, तव उसको तस्विर स्त्रिmममा देखिन्छ । यहि तस्विरको आधारमा वाहिर को आएको छ भन्ने कुरा सहज रुपमा थाहा पाउन सकिन्छ ।

सिसिटिभी/क्लोज सर्किट क्यामेरा

१. यदि तपाई आफ्नै घर एवं कटेजमा वस्नुहुन्छ भने विशेष स्थानमा सिसिटिभी जडान गर्नुहोस् ।

२. फ्ल्याटमा वस्नुहुन्छ भने, गेट, आसपासका क्षेत्र तथा भर्‍याङमा सिसिटिभी क्यामेरा जडान गर्न सक्नुहुन्छ । यसले त्यहाँ आवत जावत गर्नेको निगरानी गर्न सहज हुन्छ । कुनैपनि अपि्रय घटना भएमा उक्त क्यामेरा मार्फत अपराधी पहिचान गर्न सहज हुन्छ ।

 

वायरलेस सेक्युरिटी

१. यो पोर्टेवल हुन्छ, अर्थात यसलाई सजिलैसँग एक ठाँउवाट अर्को ठाँउमा लान सकिन्छ । यसलाई प्रयोग गर्न पनि सजिलो छ ।

२. यसले घरमा ग्यास लिकेज भएको, आगो लागेको वा पानी भरिएको सूचना दिन्छ ।

३.  यसलाई फोन लाइनमा कनेक्ट पनि गर्न सकिन्छ ।

 

पर्सनल पेनिक वटन

१.  घरमा एक्लै वस्ने महिला एवं वृद्धवृद्धाका लागि यो वटन उपयोगी हुन्छ । यसलाई आफ्नै साथमा राख्न सकिन्छ । जव कुनै संकट आइपर्छ तव वटन दवाउनु पर्छ । वटन दवाएपछि विशेष किसिमको आवाज निस्कन्छ, यस्तो संकेत पाएपछि तत्कालै आफन्त/छिमेकी सहयोगका लागि जुट्छन् ।

२. अर्को खालको पेनिक वटन सिस्टममा साथी, परिवार तथा छिमेकीको फोन नम्वर वा इमेल आपसमा सम्पर्क गराइएको हुन्छ । त्यसैले संकटको वेला यो वटन दवाउन साथ सवैले सूचना प्राप्त गर्न सक्छन् ।

 

कसरी गर्ने सेक्युरिटी प्लान

फ्ल्याटका लागि

यदि तपाई फ्ल्याट खरिद गर्दै हुनुहुन्छ भने, सवैभन्दा पहिला समाजको सेक्युरिटी व्यवस्थावारे जानकारी लिनुहोस् । पार्किङ क्षेत्र, सिंढी अध्याँरो त छैन । यस्ता क्षेत्रमा पर्याप्त उज्यालो हुनुपर्छ ।

– अतिथि कक्षमा भिडियो फोन आवश्य लगाउनु पर्छ, ताकि आगन्तुकलाई राम्ररी देख्न र पहिचान गर्न सकियोस् ।

– कतिपय मानिस घरको चावी ढोकाको फ्रेममा लुकाउँछन्, यस्तो वानी त्याग्नुहोस् ।

 

घर एवं कटेजका लागि

– घरको वाहिर पर्याप्त प्रकाश हुनुपर्छ, जसले सवैकुरा प्रष्टसँग देख्न सकियोस् ।

– यदि तपाईको वगैंचा धेरै ठूलो छ, घरको चारैतिर प्रशस्त खुला जग्गा छ भने ‘मोशन डिटेक्टर’ लगाउनु उपयोगी हुन्छ । यसले गर्दा कोहि घरको कम्पाउड भित्र छिर्ने कोसिस गर्दैछ भने आलार्म वज्छ ।

– घरको लक सिस्टम वलियो हुनुपर्छ । संभव हुन्छ भने ‘वायोमेटि्रक आइडेन्टिफिकेसन सिस्टम’ लगाउन सकिन्छ, जसमा फिंगरपि्रन्ट एवं अनुहारको पहिचान पछि मात्र लक खुल्छ ।

– यदि घरमा वच्चा छ भने मूख्य ढोकामा ‘म्याजिक आई’ लगाउनुपर्छ, जुन वच्चाको उचाईको हुनुपर्छ । कसैले कल वेल वजाउनसाथ उसलाई म्याजिक आईवाट हेरेर मान्छेको पहिचान गर्न सकिन्छ ।

– यसका साथै शक सेन्सर वा सिसिटिभी क्यामेरा लगाउनु उपयुक्त हुन्छ ।

ढोका कस्तो हुनुपर्छ ?

– घरको मूख्य ढोका वलियो काठ एवं मेटलको हुनुपर्छ । सुन्दरताका लागि काँच वा अर्को मेटेरियल ढोकामा लगाउनु हुदैन । यसमा ताला पनि वलियो हुन जरुरी छ ।

– मूख्य ढोकामा डवल ढोका वनाउनुपर्छ, जसमा भित्रको ढोका काठमाको र वाहिर ग्रीलको वनाउन सकिन्छ ।

– यदि त्यहाँ तपाईको ग्यारेज छ भने, त्यसका लागि पनि वलियो ढोका हुनु आवश्यक छ । ग्यारेज घरसँगै जोडिएको छ भने, सेक्युरिटीको व्यवस्था पनि विशेष किसिमको हुनुपर्छ । किनकी ग्यारेजलाई तोडेर सजिलैसँग घरमा प्रवेश गर्ने अवस्था हुनुहुन्न ।

– ढोका आसपासमा पर्याप्त उज्यालो हुनुपर्छ ।

– कम्पाउन्ड वालमा काँच वा काँडादार क्याकटस लगाउन सकिन्छ, यसले गर्दा पनि वाल नाघेर भित्र प्रवेश गर्न कठिन हुन्छ ।

– नचिनेको व्यक्तिलाई पूर्ण पहिचान नगरी ढोका खोल्नुहुदैन । भलै, ऊ टिभि मर्मत र गर्ने, प्लम्वर वा इलेक्ट्रिशियन नै किन नहोस् ।

 

झ्याल कस्तो हुनुपर्छ ?

– अहिले स्लाइडिङ झ्यालको फेसन छ । यसमा सेफ्टी कोटिङ लगाउनुपर्छ, जसले गर्दा सजिलै तोड्न नसकियोस् ।

– स्लाइडिङ झ्यालको वाहिर ग्रील लगाउन सकिन्छ ।

– झ्यालको छेउमा फर्निचर राख्नु हुदैन ।

– यदि तपाई ग्राउन्ड फ्लोरमा वस्नुहुन्छ र त्यहाँ वर्गैचा पनि छ भने झ्यालको छेउमा वोट विरुवा रोप्नु हुदैन ।

 

छुटीमा घर वाहिर जानुअघि

– घरका कामदार वा वाहिरको मान्छेलाई घरवाहिर जाने योजनावारे वताउनु हुदैन ।

– घरको मूख्य ढोकामा चावी लगाएपछि थाहा भैहाल्छ कि, तपाई घरमा हुनुहुन्न । यसैले ‘सेल्प लक प|mन्ट डोर’ लगाउनुहोस्, जसलाई दवाउनसाथ लक हुन्छ । साथै, वाहिरवाट चावीले नखोलेसम्म ढोका खोलिदैन ।

– झ्याल र ढोकामा वाक्लो पर्दा लगाउनुपर्छ, जसले गर्दा वाहिरवाट घरभित्र केहि देख्न नसकियोस् ।

– संभव भएसम्म, पाहुन कक्षमा दिनरात डिम लाइट वाल्नुहोस् । यसले गर्दा घरभित्र मान्छे छैन भन्ने कुराको भेउ पाउन गाह्रो हुन्छ ।
यदि चोरी भयो भने

– यदि चोरी भयो भने पनि त्यस्तो अवस्थामा विचलित भैहाल्नु हुन्न । चोर आसपासमै हुनसक्छन् । छिमेकीको घरमा जानुहोस् र प्रहरीलाई खवर गर्नुहोस् ।

– प्रहरी आउनुअघि घरको कुनैपनि वस्तुमा हात लगाउनु हुन्न, यसले महत्वपूर्ण प्रमाण नष्ट हुन सक्छ ।

– प्रहरीलाई सहयोग गरौं । प्रहरीको कतिपय प्रश्न निरर्थक लागेपनि त्यसको जवाफ धैर्यतापूर्वक दिनुपर्छ ।

– घरमा के के चोरी भयो ? सूची तयार गर्नुपर्छ । टुटेफुटेको सामग्रीको अलग्गै सूची वनाउनु पर्छ । यो इन्स्योरेन्स दावी गरिएको समयमा काम लाग्छ । यसका निम्ति तुरुन्तै इन्स्योरेन्स प्रतिनिधिसँग सल्लाह लिनुपर्छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment