Comments Add Comment

अक्षय र सोनमले जिते ‘राष्ट्रिय फिल्म अवार्ड’


बलिउड चलचित्रका लागि सधै नै प्रतिक्षामा रहेको ‘राष्ट्रिय फिल्म अवार्ड’को घोषणा भएको छ । ‘६४ औ राष्ट्रिय फिल्म अवार्ड’मा नायक अक्षय कुमारले चलचित्र ‘रुस्तम’बाट उत्कृष्ट नायकको अवार्ड जितेका छन् । यस्तै, नायिका सोनम कपुर अभिनित चलचित्र ‘निरजा’ उत्कृष्ट चलचित्र बन्न सफल भएको छ ।

यस्तै, नायक ‘पिंक’ले उत्कृष्ट सामाजिक बिषयको चलचित्र विधामा अवार्ड प्राप्त गरेको छ । १५ बर्षकी जाइरा वासिमले चलचित्र ‘दंगल’बाट उत्कृष्ट सह-कलाकारको अवार्ड जितिन् ।

यस्तै, हिन्दी चलचित्र ‘शिवाय’ले उत्कृष्ट स्पेशल इफेक्ट्सको अवार्ड प्राप्त गरेको छ । मराठी चलचित्र ‘भेन्टिलेर’ले उत्कृष्ट सम्पादन र साउण्ड मिक्सिङको अवार्ड जित्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment