Comments Add Comment

निखिलको हातमा हात राख्दै प्रियंकाको मुस्कान


अभिनेत्री प्रियंका कार्की र नायक निखिल उप्रेती कुनै समय एकसाथ चलचित्र नै खेल्दैनन् भन्ने चर्चा खुबै थियो । निखिल मुम्बइबाट कमब्याक भएपछि आफ्नै शैलीको चलचित्र खेल्नमा व्यस्त थिए ।

निखिलको कमब्याक हुँदा उनीसँग चल्तीकी नायिका प्रियंका कार्कीले चलचित्र नै खेल्दिनन् भन्ने चर्चा भयो । यतिसम्म कि, यी दुई कलाकारविच झगडा छ भन्ने सम्मको चर्चा भयो ।

चलचित्र ‘राधे’ को पत्रकार सम्मेलनमा निखिल र प्रियंका निकट भए । दुइले पत्रकार सम्मेलन अवधिभर नजिक रहेर कुरा गरेको देखियो । यतिमात्र होइन, मिडियामा तस्बिर कैद गर्ने बेलामा समेत निखिलको हातमा हात राखेर प्रियंका उभिइन् ।

एकले अर्कोको प्रशंसा पनि राम्रैसँग गरे । बजारमा आफुहरु दुइले काम नै गर्दैनौ भन्ने हल्ला चलेकोमा दुइले यसलाई चिर्ने काम पनि गरे । यतिबेला चलचित्र नगरिमा बलेका निखिल र प्रियंकाको यो निकटताले के प्रष्ट पाथ्र्यो भने, यी दुइले करिअर अगाडि बढाउनका लागि व्यवसायिक रुपमा एक अर्काको साथ चाहिन्छ भन्ने वुझेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment