Comments Add Comment

बर्षका उत्कृष्ट ५ नायक (भिडियोसहित)

यो बर्ष ७ दर्जन बढी चलचित्र रिलिज भएका छन् । वैशाखदेखि चैत्रको २५ गतेसम्म नयाँ नेपाली चलचित्र रिलिज भए । जसमा औलामा गन्न सकिने केही चलचित्रले मात्र लगानी उठाए भने अधिकांश असफल भए ।

ती चलचित्रमा अभिनय गर्ने कलाकारहरुमध्ये पनि केहिको चर्चा बढी भयो त केहिको कम । केहिले बर्षैभरी काम पाए त धेरै समय खाली बसे । अनलाइनखबरमा हामीले, बर्ष २०७३ का उत्कृष्ट ५ नायकहरु को-को हुन सफल भए भनेर प्रस्तुत गर्दैछौं । कलाकारको चलचित्र रिलिज र त्यसको बक्स अफिस कलेक्शन, अनलाइनखबरमा ती नायकप्रति दर्शकले देखाएको चासो, उनीहरुको व्यस्तता, मिडिया चर्चा र बजारको मागलाई मुख्य आधार बनाएर हामीले उत्कृष्ट ५ नायकको छनोट गरेका छौं ।


५. अर्पण थापाः यो बर्ष नायक अर्पण थापाको व्यस्ततामा कमी आएन । उनले अभिनय गरेका ‘बाटो मुनिको फूल २, डाइङ क्यान्डल, विर विक्रम, लप्पन छप्पन’ जस्ता चलचित्र रिलिज भए । जसमा, विर विक्रमले व्यवसायिक रुपमा सफलता कायम गर्‍यो । ‘बाटो मुनिको फूल २, लप्पन छप्पन’को व्यापार औषत रह्यो ।

यो बर्ष चलचित्रमा अभिनय गरेर अर्पण थापाले सर्वाधिक चर्चा पाए ।

‘विर विक्रम, लप्पन छप्पन’मा उनले निर्वाहा गरेको भूमिकालाई सबैले रुचाए । विर विक्रमले हलमा लोभलाग्दो व्यापार गर्नुको पछाडि अर्पणको कमेडी शैली प्रशंसनिय छ । यसैले, उनी यो बर्षको उत्कृष्ट ५ नायकको पाँचौं नम्बरमा पर्न सफल भएका छन् ।

४. निखिल उप्रेतीः यो बर्ष नायक निखिल उप्रेतीको चर्चा भइनै रह्यो । यो बर्ष उनले अभिनय गरेका ‘किङ र निर्भय’ रिलिज भए । दुबै चलचित्र बक्स अफिसमा सफल सावित हुन सकेनन् । तर, पनि निखिलको क्रेज घटेन । सिंगल थिएटरमा निखिलको क्रेज कमजोर बनेन । यो बर्ष निखिल खाली नै बसेनन् । उनले यो बर्ष एकपछि अर्को चलचित्रमा काम गरे ।

हुनत, निखिलले अब चलचित्र कम खेलेनन् भने उनको स्टारडम र एक्सनको जादु चल्दैन भन्ने विश्लेषण गरिएको छ । निखिल बर्षभरि नै मिडियाको नजरमा परे । चलचित्र असफल भएपनि बर्षभरि नै व्यस्त बनेका निखिल हाम्रो उत्कृष्ट ५ नायकको सूचीको चौथो स्थानमा पर्न सफल भएका छन् ।

३. सौगात मल्लः बक्स अफिसमा यो बर्ष नायक सौगात मल्लको दम खासै चलेन । उनले अभिनय गरेको ‘लुट २’ले इनिसियल व्यापार राम्रो गर्‍यो भने ‘लप्पन छप्पन’ औषत रहन पुग्यो । ‘शब्द’ नामक चलचित्रले बक्स अफिसमा साह्रै कमजोर व्यापार गर्‍यो । तर, पनि मल्टिप्लेक्सका हलमा सौगातको चलचित्रको प्रतिक्षा दर्शकले सधै नै गरिरहे ।

चलचित्रले बक्स अफिसमा बम्पर कमाई नगरेपनि सौगातले आफ्नो भूमिकालाई भने गहन तरिकाले निर्वाहा गरे । अर्कोतिर, यो बर्ष सौगात मल्लको हात खाली रहेन । उनी, विदेशमा हुने चलचित्रको शोदेखि नेपालमा चलचित्रको छायांकनमा खुबै व्यस्त भए । नायिका श्रृष्टी श्रेष्ठसँगको प्रेम चर्चाले पनि उनलाई मिडियामा चर्चित बनाइ नै रह्यो । उनै, सौगात यो बर्षको उत्कृष्ट ५ नायकको तेश्रो स्थान ओगट्न सफल भएका छन् ।

२. अनमोल केसीः यो बर्ष नायक अनमोल केसीको एउटा मात्र चलचित्र रिलिज भयो, ‘गाजलु’ । यो चलचित्रले निर्माताको गोजीमा राम्रै रकम भरिदियो । अनमोलकै कारणले गर्दा हलमा दर्शक ओइरिए । जेठमा रिलिज भएको ‘गाजलु’पछि अनमोल एकाएक लुके । उनले चलचित्र ‘कृ’का लागि २० लाख पारिश्रमिक लिएर अनुवन्धित भए । २० लाख पारिश्रमिक लिने पहिलो नायक भएका कारण पनि अनमोलको चर्चा बर्षभरि नै भैरह्यो ।

चलचित्र कृको छायांकन सुरु नहुँदै अनमोलको स्टारडमका कारण यसले राम्रो हाइप पाइसकेको छ । चलचित्रका लागि अनमोलले गरेको मिहिनेतको बर्षभरि नै चर्चा भै नै भयो । नामकै आधारमा हलमा दर्शक ओइरिने एक मात्र नायक बने अनमोल । अनलाइनखबरमा अनमोलका हरेक समाचार दर्शकले चासो देखाएर पढ्नुभएको छ । यी र यस्तै कारणले अनमालले यो बर्ष ‘अनलाइनखबरको उत्कृष्ट ५ नायक’को सूचीमा दोश्रो स्थान ओगट्न सफल भएका छन् ।

१. दयाहाङ राईः यदि, यो बर्ष धेरै चलचित्र कसैको रिलिज भयो भने, त्यो दयाहाङ राइको मात्र भयो । ‘हाउ फन्नी, विर विक्रम, झुम्की, सेतो सूर्य, पुरानो डुङ्गा, लुट २, लप्पन छप्पन’ गरि कुल ७ वटा दया अभिनित चलचित्र रिलिज भए । जसमध्ये, ‘विर विक्रम र लुट २’ सफल भए । झुम्की, सेतो सूर्य असफल हुँदा, ‘हाउ फन्नी, पुरानो डुङ्गा, लप्पन छप्पन’ जस्ता चलचित्र बक्स अफिसमा त्यती साह्रो जमेनन् । यी चलचित्रमा दयाको कामलाई लिएर पनि आलोचना भयो ।

अफर आएका सबै चलचित्र खेलेको भन्दै दयाहाङ राइप्रति मिडिया र दर्शक नै सकारात्मक बन्न सकेनन् । तर, पनि दयाको व्यस्तता घटेको छैन । आउँदो बर्ष उनका आधा दर्जन बढी चलचित्र रिलिज हुने तयारीमा छन् । यसैले, दयाले आफ्नो अभिनयमा अब विविधता ल्याउनुपर्ने, कम चलचित्र खेल्नुपर्ने भन्दै दर्शकले आलोचना पनि गरेका छन् । यो बर्ष नायिका पि्रयंका कार्कीसँगको निकटताका कारण पनि दयाको चर्चा भयो । उनै, दया गतबर्ष जस्तै यो बर्ष पनि अनलाइनखबरको उत्कृष्ट ५ नायकको पहिलो स्थान ओगट्न सफल भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment