Comments Add Comment

गर्मीमा फ्रिजको पानी पिउनुका ५ बेफाइदा !

काठमाडौ । गर्मी मौसममा चिसो पानी कसलाई पो पिउन मन नलाग्ला र ? अझ फ्रिजमा राखेको चिसो चिसो पानी पिउनुको त मज्जा नै छुट्टै हुन्छ ।

त्यसैले त धेरै जसो मानिस गर्मीमा फ्रिजकै पानी पिउन रुचाउँछन् । तर के तपाईलाई थाहा छ फ्रिजको पानी सेवन गर्नु हाम्रो स्वास्थ्यको लागि कत्तिको हानिकारक छ ?

१. कृतिम तरीकाले चिसो बनाइएको फ्रिजको पानी सामान्य तापक्रम भन्दा निकै चिसो हुन्छ, जुन हाम्रो स्वास्थ्यका लागि हानिकारक छ ।

२. फ्रिजमा चिस्याइएको पानी पिउनाले पेटको ठूलो आन्द्रामा नोक्सान पुग्दा ठूलो आन्द्रा सुक्न थाल्छ जसले गर्दा आद्राले सही तरीकाले काम गर्न सक्दैन । परिणामस्वरुप, विहानको समयमा पेट खल्लास नभई पेटको समस्या उत्पन्न हुन्छ ।

३. धेरै चिसो पानीको सेवनले लामो समयसम्म कब्जियतको समस्या हुनेगर्छ ।

४. धेरै चिसो पानीको सेवनले हाम्रो शरीरको कोषिकाहरु सुक्न थाल्छ र जसले गर्दा उक्त कोषिकाहरुले सही तरीकाले काम गर्न सक्दैन । यसको असर तपाईको मेटाबोलिज्म तथा स्वास्थ्यमा समेत सिधै असर पर्ने गर्छ ।

५. फ्रिजको पानी पिउनाले घाटी खराब हुने सम्भावना अधिक हुन्छ । यदि तपाईले दिनहुँ फ्रिजको चिसो पानी सेवन गर्नुहुन्छ भने होशियार हुनुहोस् । यसका कारण घाँटी, टन्सिल, फोक्सो तथा पाचन प्रणालीमा विभिन्न समस्या उत्पन्न हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment