Comments Add Comment

गृहमन्त्री निधि अब मन्त्रिपरिषद् बैठकमा नजाने !

१७ चैत काठमाडौं । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले मन्त्रिपरिषद् बैठक बहिस्कार गरेका छन् ।

उपप्रधानमन्त्रीको वरिष्ठता विवादका कारण अवरुद्ध हुँदै आएको मन्त्रिपरिषद् बैठक सोमबार साँझ बस्यो । बैठकले उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापालाई सरकारमा दोस्रो वरियता दिएको छ ।

तर, बैठकमा गृहमन्त्री निधी भने सहभागी भएनन् । थापा मन्त्री हुनुअघिसम्म निधि नै दोस्रो वरियतामा थिए । तर, राप्रपा अध्यक्ष समेत रहेका थापाले पनि दोस्रो वरियता माग गरेपछि मन्त्रिपरिषद् बैठक समेत प्रभावित भएको थियो ।

कांग्रेस सभापति शेरबहादुर देउवाको सहमतिमा उपप्रधानमन्त्री थापालाई दोस्रो वरियता दिइएको स्रोतले बताएको छ ।

यो निर्णयसँगै निधि भने चिढिएका छन् । यसअघि उनले राजीनामा दिने योजना बनाएका थिए । तर, कांग्रेस सभापति देउवाको आग्रहमा निधीले राजीनामा दिएनन् । तर, अबका मन्त्रिपरिषद् बैठकहरुमा पनि सहभागी नहुने भएका छन् ।

गृहमन्त्री निकट स्रोतले भन्यो, ‘यदि थापालाई दोस्रो वरियता दिइयो भने गृहमन्त्रीले राजीनामा त दिनुहुन्न तर, अबका मन्त्रिपरिषद् बैठकमा जानुहुन्न ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment