Comments Add Comment

हुण्डाईको ‘फेस्टिभ डिलाइट’ अफरका विजेताले जिते क्रेटा र आई-२०


२८ चैत, काठमाडौं । हुण्डाई ‘फेस्टिभ डिलाइट’ अफरका बम्पर विजेताहरुले गाडी पुरस्कार पाएका छन् । योजनाका दुई बम्पर विजेताले हुण्डाई क्रेटा र इलाइट आई-२० जितेका छन् ।

नेपालका लागि हुण्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टले योजनाका विजेतालाई तीनकुनेस्थित हुण्डाईको शो-रुममा एक कार्यक्रमबीच पुरस्कार वितरण गरेको हो ।

लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठ र कन्ज्युमर आई नेपालकी अध्यक्ष बिमला खनालले विजेताहरुलाई गाडी हस्तान्तरण गरे । कम्पनीले विहिबार एक कार्यक्रमबीच अन्तर्गतको बम्पर उपहारमा इलाइट आई-२० गाडी नयाँबजारस्थित क्रियटिभ टच गार्मेन्ट इन्डस्स्ट्रिज प्राप्त गरेको छ । धरानका नेत्र बहादुर खड्काले क्रेटा गाडी प्राप्त गरे ।

अफर अन्तर्गतका अन्य पुरस्कारहरु भने कम्पनीले यसअघि नै वितरण गरेको थियो । विजेताको घोषणा फागुन १९ गते हिमालय टेलिभिजनमार्फत लक्की ड्र गरेर गरिएको थियो ।


कार्यक्रममा बोल्दै गाडी विजेताहरुले गाडी किन्दा गाडी नै उपहार पाउादा खुसी लागेको बताए । कार्यक्रममा कन्ज्युमर नेपालकी अध्यक्ष खनालले हुण्डाईले आफ्ना अफरका भाग्यशाली विजेतालाई निस्पक्ष रुपमा पुरस्कार प्रदान गरिरहेको बताइन् ।

कम्पनीले यही अफर अन्तर्गत हुण्डाई गाडीको खरिदमा १०० जना भाग्यशाली ग्राहकलाई १-१ तोला सुन पनि प्रदान गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment