Comments Add Comment

अदिती, सलिनमान वा आशिरमान ? अबको स्टार को ? (भिडियो रिपोर्ट)

अदिती, दीपिका र आशिरमान

नेपाली चलचित्र क्षेत्रले यो बर्ष केही नयाँ अनुहार पाएको छ । तर, ती अनुहारको काम दर्शकले यो बर्ष हेर्न नै पाएनन् । हामीले, यहाँ यस्ता कलाकारको चर्चा गर्दैछौं, जसले बल्ल आउँदो बर्ष मात्र चलचित्रमा आफ्नो काम देखाउँदैछन् । कुनै पनि चलचित्र रिलिज नभएपनि यी कलाकारलाई आशाको रुपमा हेरिएको छ । चलचित्र रिलिज नुहँदै यी कलाकारको चर्चा भयो ।

चलचित्र ‘ग्याङस्टार ब्लूज’बाट नवनायक आशिरमान देसराजको आगमन हुँदैछ । यो चलचित्रको हाल धमाधम छायांकन भैरहेको छ । आशिरमानले यो चलचित्रका लागि करिब ६ महिना शरीर बनाउन  खर्चेका छन्  ।

भिडियो रिपोर्ट 


चलचित्र अर्को बर्ष रिलिज हुने भएपनि आशिरमानले भने यूवती फ्यान कमाइसकेका छन् । उनलाई नेपाली चलचित्रको नयाँ स्टारको रुपमा हेरिन थालिएको छ । चलचित्र ‘ए मेरो हजुर २’को एउटा गीत रिलिज भयो । शीर्ष गीतमा नव-नायक सलिनमान बाँनियालाई दर्शकले हेर्न पाए । हुनत उनको पुरा काम दर्शकले आउँदो बर्षको भदौ १६ गतेबाट हेर्न पाउनेछन् । तर, सलिनमान चलचित्र रिलिज नहुँदै चर्चित बने । उनको लुक्स, स्टाइलको चर्चा सामाजिक संजालमा खुबै गरियो ।

चलचित्र नै रिलिज नभइ एकाएक चर्चित बनेकी कलाकार अदिती वुढाथोकी । नायक अनमोल केसीको हिरोइनको रुपमा चलचित्र ‘कृ’मा देखिने भएपछि अदिती मिडिया र दर्शकको रोजाइमा परेकी छिन् । यो चलचित्रको छायांकन नै सुरु भएको छैन । तर, अदितीलाई खोज्ने, सामाजिक संजालमा पछ्याउनेको संख्या भने बढेको छ । अनमोलको हिरोइनको रुपमा चर्चित अदितीले चलचित्र क्षेत्रमा प्रवेश नगर्दै संभावना मात्र देखाएकी छैनन्, चर्चा पनि पाएकी छिन् ।

नायिका दीपिका प्रसाई पनि यही सूचीमा पर्छिन् । दिवाकर भट्टराइको निर्देशनमा बनिरहेको चलचित्र ‘ऐश्वर्या’मा उनी सुपर मोडलको रुपमा देखिदैछिन् । दीपिकाको कुनै पनि झलक दर्शकले हेर्न पाएका छैनन् ।

सलिनमान

तर, दीपिका आउँदो बर्षको स्टार हुन् भनेर चलचित्र बजारमा चर्चा हुन थालेको छ । यस्तै, चलचित्र ‘प्रेमगीत २’कि नायिका अश्लेषा ठकुरी पनि यो बर्ष चर्चित रहिन् । अश्लेषाको कुनै प्रोजेक्ट यो बर्ष रिलिज नभएपनि ‘प्रेमगीत २’ जस्तो ब्रान्ड चलचित्रमा जोडिएकाले पनि उनी बर्षभरी नै मिडिया र दर्शकको खोजीमा परिन् । उनले चलचित्रमा कस्तो काम गरेकी छिन्, त्यसका लागि आउँदो बर्षको साउन १३ गते नै कुर्नुपर्छ । तर, अश्लेषालाई पनि संभावना बोकेकी नायिकाको रुपमा हेर्न थालिएको छ ।

जेठ ५ गते रिलिज हुने चलचित्र ‘डायरी’को ट्रेलर सार्वजनिक भएपछि नव-नायक सन्नी सिंह पनि धेरैको नजरमा परेका छन् । यो चलचित्रको छोटो क्लिप्समा उनको एक्सन र एंग्री अवतारको तारिफ गरिएको छ ।

यी बाहेक ‘समर लभ’की रेवती क्षेत्री हुन् या अन्य केहि नयाँ अनुहार । जसको चलचित्र नै रिलिज नभएपनि उनीहरुको यो क्षेत्रमा आगमनसँगै चर्चा भैरहेको छ ।
यसरि, यो बर्ष चलचित्र रिलिज नभएपनि केहि यस्ता अनुहारको आगमन भयो, जसले विभिन्न कारणले चलचित्र बजारमा चर्चा पाइरहेका छन् । अब, हेरौ हामीले आशा गरिएको भनिएका यी पात्रहरुले काम भने कस्तो देखाउने हुन् ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment