Comments Add Comment

नेपाल स्वीटजरल्याण्डभन्दा राम्रो भो, अब कालीनदी फर्काइन्छ !

डाँडामा पर्यटकको लर्को लगाइन्छ, अब नेपाल अघि बढ्छ !

हामी लोकतन्त्रवादी हौं । हामीलाई सबैलाई अधिकारसम्पन्न बनाएर सबैलाई समानता र सबैलाई बराबरी, जातजाति धर्मका जनतालाई सम्मान दिएर यो राष्ट्रलाई अगाडि बढाउन प्रतिवद्ध छौं ।

हामी प्रजातन्त्रवादी हौं । त्यसकारण हामी लोकतन्त्रको आदर्श, त्यसमा पनि समाजवादको आदर्श बोकेर राजनीति गरिरहेका छौं । हामी यो समाजलाई समतामूलक र न्यायमूलक समाज निर्माण गर्न चाहन्छौं ।

अब यो संविधान कार्यान्वयन भइसकेपछि, यो व्यवस्थाको टुंगो लागिसकेपछि राजनीतिक स्थिरताको टुंगो भएपछि अब हामी यो देशमा कृषि क्रान्ति गर्न चाहन्छौं । अब हामी यो देशमा उर्जाशक्ति, जलस्रोतको विकास गर्न चाहन्छौं । यो मुलुकलाई समृद्धिको शिखरमा पुर्‍याउन चाहन्छौं । र, हामी यो लुम्बिनी र मुक्तिनाथलाई जोड्न चाहन्छौं ।

हामी यो देशको धार्मिक पर्यटन, सांस्कृतिक पर्यटन, प्राकृतिक पर्यटन सारालाई महत्व दिन चाहन्छौं । अहिले यहाँ सिद्धार्थ एयरपोर्ट बन्दैछ । यसलाई चाँडो भन्दा चाँडो बनाएर यहाँ पर्यटकको लर्को लगाउने अभियानमा हामी लाग्नेछौं । यहाँबाट मुक्तिनाथ हुँदै, पशुपतिनाथ हुँदै, यहाँदेखि स्वर्गद्वारी हुँदै यहाँबाट सारा पर्यटकहरुको घुइँचो लगाएर गाउँ डाँडाकाँडाको विकास गरेर सबै डाँडा काडाँडालाई पक्की पीच बनाउँछौं । प्रत्येक खेतलाई हामी पानी दिन चाहन्छौं, प्रत्येक गाउँलाई हामी बाटो दिन चाहन्छौं ।

हाम्रो नदीमा पानी उता बगेर गइरहेको छ । कालीनदीको पानीलाई छेडेर हामी यो भूमिमा ल्याएर सप्पै हराभरा बनाउन चाहन्छौं

हामी यो काम १० वर्षभित्रमा पूरा गर्नेछौं । र, यो नेपाल अब विदेशीसँग हात थाप्नु नपर्ने हुनेछ । त्योबेला हाम्रा युवाहरु विदेशिनु नपर्ने अवस्थामा पुग्नेछन् र यहाँबाट कोही पनि विचल्ली हुनुपर्ने छैन । रोजगारीको खोजीमा भौंतारिनुपर्ने छैन । हामी औद्योगिक क्रान्तितिर अगाडि बढ्छौं ।

कांग्रेसले के गर्‍यो, अब के गर्छ ?

हामीले ००७ सालदेखि शिक्षाको विकासमा योगदान गर्दै आयौं । आज गाउँ गाउँमा स्कुलहरु खुलेका छन् । हामीले स्वास्थ्यका लागि एकैचोटि ४ हजार गाउँमा स्वास्थ्यचौकी पुर्‍यायौं । नेपाली कांग्रेसले ग्रामीण स्वाभलम्भन कार्यक्रम भनेर ०४८/०४९ सालमा नै हामीले गाउँ गाउँलाई पैसा दिएर सुरु गरेको स्वाभलम्भी गाउँ बनाउने, हरेक गाउँलाई बाटो, बिजुली पानी शिक्षा, स्वास्थ्य सञ्चार गाउँ गाउँमा पुर्‍याउने पूर्वाधारको अभियान हामीले चलायौं ।

हाम्रा कार्यकर्ताहरुले यो विकास निर्माणको नेतृत्व गर्नुभयो । अब नेपाली कांग्रेसका साथीहरु हिजो पूर्वाधार निर्माणको नेतृत्व गरिरहेका थिए भने आज जनताको आम्दानी बढाउने कुरामा, व्यवसाय प्रवर्धन गर्ने कुरामा नेतृत्व गरेर अगाडि बढ्नेछन् ।

गाउँ गाउँमा, नगरमा अब सारा व्यवसाय विकास भएर रोजगारीको अवसर सिर्जना हुनेछ । चाहे पर्यटनको क्षेत्रमा होस्, चाहे कृषि उद्यमको क्षेत्रमा होस्, चाहे अरु किसिमका उद्योग क्षेत्रमा होस् ।

हाम्रो नदीमा पानी उता बगेर गइरहेको छ । कालीनदीको पानीलाई छेडेर हामी यो भूमिमा ल्याएर सप्पै हराभरा बनाउन चाहन्छौं । हामीले सुख्खा भूमिलाई सिँचित बनाएर एउटा नयाँ विकास ल्याउन चाहन्छौं । र, यहाँको किसानको जीवनमा नयाँ परिवर्तन ल्याउन चाहन्छौं ।

कृषि पेशालाई सम्मानित पेशामा रुपान्तरण गर्न चाहन्छौं । कृषिलाई धेरै आम्दानी हुने पेशामा रुपान्तरण गर्न चाहन्छौं । अहिलेसम्म कृषि पेशा अपहेलित पेशाका रुपमा छ, अब त्यसलाई सम्मानित पेशा बनाउन चाहन्छौं । किनभने दुनियाँमा कृषिको महत्व कहिल्यै कम हुँदैन ।

कृषि नभई हाम्रो जीवन हुँदैन । तर, यसलाई सहज बनाउन अब हामीले नयाँ टेक्नोलोजी ल्याएर हामीले समाजमा कृषि क्रान्ति गर्छौं र कृषकलाई हामी सुखी बनाउन चाहन्छौं । किनभने नेपाली कांग्रेसले हलो जोतेर क्रान्तिको सुरुवात गरेको छ । नेपाली कांग्रेस किसानको पार्टी हो । नेपाली कांगे्रस श्रमिकको पार्टी हो ।

नेपाली कांग्रेस श्रम गर्ने जनतालाई सम्मान गर्ने संस्कृतिको निर्माण गर्न चाहन्छ । काम नगर्ने र अल्छी गर्नेहरुको सम्मान हैन, काम गर्ने र मिहेनत गर्ने जनताको सम्मान गर्ने संस्कृतिको यो समाजमा निर्माण गर्ने एउटा फिलोसोफी लिएर हाम्रो पार्टी अगाडि बढेको छ । यसका आर्थिक सामाजिक दृष्टिकोणहरु स्पष्ट छन् ।

तपाईहरुले स्वीटजरल्याण्ड भनेर सुन्नुभएको छ, आज यो संविधानले जुन स्थानीय तहको व्यवस्था गरेको छ, यो स्वीटजरल्याण्डको भन्दा पनि राम्रो नमूना छ

हामी यही नीतिका आधारमा यो समाजलाई बदल्छौं । हामीले ०४८ सालबाट यो अभियान सुरु गरेका थियौं, तर काम गर्न पाएनौं । गाउँ गाउँमा स्वालवम्बी समाज निर्माण गर्ने अभियानमा तीन वर्ष नपुग्दै तुषारापात भएकै हो । त्यसैले चाहेजस्तो विकास गर्न हामीले पाएका छैनौं ।

अब समाजले राजनीतिक स्थिरता पायो भने हामी यो मुलुकमा दू्रत गतिले विकास गरेर हामी नेपाललाई झिलिमिली पारेर सम्पन्न र विश्वको सुन्दर राष्ट्र बनाउने छौं ।

तपाईहरुले स्वीटजरल्याण्ड भनेर सुन्नुभएको छ, आज यो संविधानले जुन स्थानीय तहको व्यवस्था गरेको छ, यो स्वीटजरल्याण्डको भन्दा पनि राम्रो नमूना छ ।

संविधानले यति धेरै मौलिक अधिकारहरुको सिर्जना गरेको छ । धेरै अधिकार जनतालाई तल दिएको छ । यी अधिकारहरुको रक्षाका लागि दलित, जनजाति, मधेसी, थारुहरुको आयोगहरु सारा आयोगहरु बनाएका छौं । अब नेपाल अगाडि बढ्छ ।

(कांग्रेस नेता पौडेलले मंगलबार भैरहवामा आयोजित चुनावी सभामा गरेको सम्वोधनको अंश)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment