Comments Add Comment

अक्षयकुमारलाई लिएर फिल्म बनाउने शाहरुखको चाहना

बलिउडमा अक्षयकुमारको दिन निकै राम्रो चलिरहेको छ । उनको एकपछि अर्को फिल्मले बक्स अफिसमा तहल्का मच्चाइरहेका छन् । हालै उनले फिल्म रुस्तमबाट सर्वोत्कृष्ट अभिनेताको नेसनल अवार्ड पनि जिते ।

नयाँ खबरअनुसार शाहरुख खानले अक्षयसँग मिलेर फिल्म बनाउने चाहना व्यक्त गरेका छन् । वेवसाइट डिएनएलाई दिएको अन्तरवार्तामा शाहरुखले यस्ता चाहना प्रकट गरेका हुन् ।

शाहरुखलाई सोधिएको थियो, ‘करण जौहर र सलमान खानले मिलेर फिल्म प्रोड्यूस गर्दैछन् जसमा मुख्य भूमिका अक्षयकुमारको हुनेछ । यो विषयमा तपाईंको धारणा के छ ?’

जवाफमा शाहरुले भने, ‘करण, सलमान र अक्षय एकैसाथ देखिँदा पक्कै पनि दामी हुन्छ । यदि मलाई फिल्म प्रोड्यूस गर्ने मौका मिल्यो भने त्यसमा अक्षयकुमारलाई पक्कै समावेश गर्नेछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment