Comments Add Comment

मत्स्य उद्यान खोलियो, बैंकले ऋण दिएन !

कृषि कर्जाबारे सरकारी नीतिः एक समीक्षा

यसअघिको नवौं भिडियो श्रृंखलासम्म हामीले भूमि, कृषि र आवासबारे चर्चा गरेका थियौं । यहाँ त्यही शीर्षक अन्तर्गतको दशौं श्रृंखला अघि बढाइरहेका छौं । यसपटक चर्चा केन्दि्रत हुनेछ,, कृषि कर्जाबारे ।

कृषिमा अनुदान, बिना धितो ऋण दिनेदेखि अहिले त युवा स्वरोजगारीको कुरा आइरहेको छ । यो कुरा विज्ञापनमा हेर्न, पढ्न अनि सुन्न पनि पाइन्छ । कतिपय नेताहरुको भाषण र नीति निर्माताको भाषणमा पनि यी कुरा आइरहेका छन् ।

कृषि कर्जाको अहिलेको अवस्थाबारे प्रष्ट पार्न पहिले एउटा उदाहरण प्रस्तुत गर्न चाहन्छु । मलाई लाग्छ – यो उदाहरण नेपालको अहिलेको प्रचलित नीति र विधि कस्तो छ भन्ने देखाउन पर्याप्त हुनेछ ।

हामी शिक्षा, स्वास्थ्य र आवासमा बढी खर्च गरिहेका छौं । सम्मृद्धि क्रान्ति अन्तर्गत हामीले अहिलेसम्म पैसा कसरी बचाउन सकिन्छ र बचेको पैसालाई लगानीका रुपमा उपयोग गर्न के गर्ने भनेर चर्चा गर्यौं । आज हामी एउटा उदाहरणमार्फत पैसा कसरी कमाउने भन्ने विषयमा चर्चा गर्नेछौं ।

आज म आफ्नै अनुभव बाँड्न चाहिरहेको छु । जसले नेपालमा कृषिमाथि कस्तो नीति अवलम्वन गरिएको छ भन्ने बुझ्न सजिलो हुनेछ । यसअघि म कृषि कर्जा लिन पर्ने सकसबारे चर्चा गरौं ।

एउटा मत्स्य उद्यान खोलियो काठमाडौंमा । उद्यान खोल्नुको उद्देश्य थियो- लगभग डेढ लाख माछाका भुरा पाल्ने र ३० देखि ४० टनसम्म माछा उत्पादन गर्ने । तपाईंहरुलाई थाहा छ, काठमाडौंमा यस्तो व्यवसाय थाल्नका लागि जग्गा किन्न सम्भव छैन । किन्नुपर्ने भयो भने कतिपर्छ ? तपाईंहरुलाई थाहै छ ।

त्यसका लागि सजिलो उपाय छ – लिजमा जग्गा लिने । १४ रोपनी जग्गा लिजमा लिँदा २०-२५ हजार प्रतिरोपनी पाइन्छ । त्यसैले जग्गा लिजमा लिएर प्रोजेक्ट अगाडि बढायौं । सम्भाव्यता अध्ययन तयार भयो । पहिलो वर्ष २५-३० लाख लगानी गर्नुपर्ने अवस्था आयो । लगानी त गर्ने तर, कसरी ? ठूलो समस्या अगाडि खडा भयो ।

विकल्पका रुपमा रोजियो – बैंक । बैंकलाई उपयोग गरेर ऋण माग्ने निष्कर्षमा पुगेर बैंक पुगियो । तर, बैंक त्यत्तिकै ऋण दिन तयार भएन, धितोको कुरा आयो ।

माछा पाल्दा माछाको विमा पनि हुन्छ । बीचमा केही कारणले माछा मर्‍यो भने त्यसबाटै रकम तिर्न सकिने अवस्था छ । तर, पनि धितो नभई बैंकहरुले पैसा नै नदिने । २५-३० लाखको लगानी हुन्छ तर, बैंकहरु ५ लाखको ऋण दिन मात्रै तयार हुने । एउटा माछाको भुरालाई नै ४ रुपैयाँभन्दा बढी पर्छ, डेढ लाखलाई त ६ लाख पर्छ । अब ५ लाख मात्रै ऋण लिएर के गर्नु ?

बैंकिङ र वित्तीय क्षेत्रबाट ऋण नपाएपछि आफ्नो व्यक्तिगत प्रभावलाई उपयोग गर्दै सहकारीबाट ऋण लिने तयारी गरेँ । तर सहकारीको ब्याज नै चर्को, १८ २० प्रतिशत । जहाँ सबैभन्दा कम ब्याजमा पैसा लगानी गर्नुपर्ने हो, त्यो परियोजनालाई ऋण नदिएर १८-२० प्रतिशतमा ऋण लिनुपर्ने दुःखद अवस्था सिर्जना भयो ।

यो म आफैं संलग्न भएको परियोजनाको कुरा हो । मेरो अहिलेसम्मको बैंक तथा वित्तीय संस्थासँगको कारोबारले गुडबिल हासिल गरिसकेको छ । तर, गुडबिल प्राप्त गरिसक्दा पनि ऋण प्राप्त गर्ने अवस्था रहेन, प्रचलित नीति र कानुनका कारणले । अब भन्नुस् मजस्तो व्यक्तिले त ऋण व्यवसाय गर्छु भन्दा ऋण पाउन सकिनँ भने सामान्य जनता जसले सामान्य व्यवसाय गरेर सम्मृद्धि आर्जन गर्न खोज्न भने उसको चाहना के होला ?

अहिलेको कृषि कर्जा नीति क्रूर, अव्यवहारिक र किसान निर्माण गर्ने खालको छैन । यदि कुनै किसानसित भूमि छ भने पनि धितो बन्धक राखे मात्र पाउँछ ।

जस्तो भूमिलाई धितो बन्धक राखेर ग्रामीण किसानले यस्तो व्यवसाय गर्‍यो । तर, व्यवसाय तलमाथि पर्‍यो भने उसले बिमाबाट रकम सहज रकम प्राप्त गर्ने अवस्था कति रहन्छ ? यी सबै कुरालाई मूल्यांकन गर्दा सरकारले प्रगतिशील नीति पक्डेको देखिँदैन । किसानलाई नीतिगत सुविधा दिएर कर्जा उपलब्ध गराएको छैन । यो एउटा उदाहरण हो ।

चलन चल्तीबाट माथि उठेर प्रगतिशील व्यवसाय गरौं भन्दा पनि बिना धितो कर्जा पाउने अवस्था अहिले छैन । यो अवस्था नीतिगत रुपमा भएकाले समस्या छ । मैले त आफ्नो पैसाले गरे, नहुनेले के गर्ने ? सम्मृद्धि क्रान्ति अन्तर्गत व्यक्तिगत पहलले एउटा नीति हामीले अगाडि ल्याएका छौं । त्यो हो एडप्सन । यो अंग्रेजी शब्द हो, नेपालीमा के भन्छ फेला पारेको छैन ।

नीति यस्तो छ

सक्षम एउटा उद्यमी र व्यवसायी हुन्छ । उसलाई उद्यमशीता गर्न चाहेर पनि आर्थिक कारण गर्न नसकेको युवालाई एडप्ट गर्न लगाउने र लगानी गरिदिने । लगानी कसरी उठाउने ? प्रश्न उठ्छ । त्यसका लागि लगानीको निश्चित व्याजसहित फिर्ता लिने । स्थापित व्यवसायमा निश्चित साझेदारी गरिदिने ।

शिक्षादेखि सामान्य जीवन पद्दतिमा धनी-गरिवको अवस्था र खाडल छ । समाजमा उनीहरुको कहीँ कतै भेट नै हुँदैन । यदि यस्तो नीति अवलम्वन गरियो भने समाजको उद्यमशीलताप्रति प्रतिवद्ध कमजोर युवा र उद्यमशीलतामा अघि बढिसकेको व्यवसायीको बीचमा सहकार्य र साझेदारीको अवस्था मात्रै निर्माण हुँदैन एउटा उद्यमी पनि जन्माउँछ ।

यसले अहिले नै स्थापित भएका उद्योगी र उद्यमीलाई के पनि फाइदा हुन्छ भने अहिलेका उद्योगपति र व्यापारीले आफूले उत्पादन गरेको र ल्याएको सामान त बेच्नुपर्छ । जति नागरिकहरुको क्रयशक्ति बढ्छ, उत्पादन पनि बढ्दै जान्छ ।

हेर्नुहोस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment