Comments Add Comment

बामदेवको आरोप- एमालेको लहरबाट डराएर संविधान संशोधनको खेल

३१ चैत, काठमाडौं । नेकपा एमालेका कार्यवाहक अध्यक्ष बामदेव गौतमले देशव्यापी रुपमा एमालेको पक्षमा जनलहर देखेर कांग्रेस र माओवादी संविधान संशोधनको नाममा चुनाव भाँड्ने खेलमा लागेको आरोप लगाएका छन् ।

नेकपा एमाले जिल्ला निर्वाचन परिचालन कमिटी ललितपुरले आयोजना गरेको निर्वाचन अभियानको उदघाटन तथा झण्डा हस्तान्तरण समारोहलाई सम्वोधन गर्दै गौतमले एमालेले चुनाव जित्ने देखेर विरोधीहरु डराएको दावी गरे ।

गौतमले भने- हाम्रो पक्षमा देशव्यापी माहौल देखेर आत्तिएर कांग्रेस माओवादीको मिलेमतोमा संविधान संशोधन प्रस्ताव तयार हुनु षड्यन्त्रको पराकाष्ठा हो । एमाले जस्तासुकै षड्यन्त्रहरुलाई पनि चिरेर जनताको मत हासिल गर्न आतुर छ ।

कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य रघुजी पन्त, केन्द्रीय सदस्य तथा सांसद सुशीला नेपाल, जिल्ला अध्यक्ष हरिकृष्ण ब्यञ्जनकार लगायतले चुनावी तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिए ।

निर्वाचन परिचालन कमिटीले आयोजना गरेको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी १ सय ५० भन्दा बढीले पार्टी प्रवेश गरेको जिल्ला प्रचार बिभाग प्रमुख अमृतनाथ तिमिल्सिनाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment