Comments Add Comment

मुसहर बस्तीमा ‘धुर्मुस सुन्तली’को प्रेम


हाँस्य सिरियल ‘मेरी बास्सै’बाट उदाएका चर्चित कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेलाई विश्वमा रहेका नेपालीले ‘धुर्मुस-सुन्तली’ भनेर चिन्छन् । एउटा सिरियलले दिएको नयाँ परिचय आज विश्वमाझ नेपालीको मनमा बसेको छ । ‘धुर्मुस-सुन्तली’ले सिरियलमा अभिनय गरेर मात्र यो नाम बनाएका होइनन् । सिरियलले दिएको नयाँ नामलाइ उनीहरुले समाजसेवाबाट नयाँ उचाइमा स्थापित गरेका छन् ।

भूकम्पपछि नेपाल सरकारले एकिकृत बस्ती बनाउने बताउँदै आएपनि अहिलेसम्म सबै योजना कागजमा सिमित छन् । तर, यो जोडीले आफ्नै प्रयासमा , विश्वमाझ रहेका नेपालीको सहयोगमा तेश्रो एकिकृत बस्ती निर्माण गरेर नयाँ बर्षमा हस्तान्तरण गर्‍यो ।
बर्दिवासबाट करिब डेढ किलोमिटर टाढामा रहेको मुसहर बस्तीमा ५२ घर निर्माण गरेर ‘धुर्मुस-सुन्तली’ले मुसहरहरुको जीवनमा नयाँ खुशी दिएका छन् । नयाँ बर्षको दिनमा उनीहरुले झुप्रो घरमा बस्दै आएका मुसहरलाई बलियो घर दिएका छन् ।

एकिकृत बस्ती निर्माण गर्दा कलाकारिताबाट केहि टाढा देखिएको यो जोडी बस्ती निर्माणसँगै फेरि कलाकारितालाई अगाडि बढाउने तयारीमा छन् ।
‘मुसहर बस्ती’मा अनलाइनखबर पुग्दा ‘धुर्मुस-सुन्तली’ले नयाँ घरको अगाडि विभिन्न पोजमा तस्बिर खिचाए । आफ्नै हातले तयार पारेको घर अगाडि ‘धुर्मुस-सुन्तली’को प्रेम लोभलाग्दो देखिएको थियो ।

तस्बिरः कमल प्रसाई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment