शुक्रबार, १३ साउन, २०७४
OnlineKhabar.com

मुसहर बस्तीमा ‘धुर्मुस सुन्तली’को प्रेम

अनलाइनखबर


हाँस्य सिरियल ‘मेरी बास्सै’बाट उदाएका चर्चित कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेलाई विश्वमा रहेका नेपालीले ‘धुर्मुस-सुन्तली’ भनेर चिन्छन् । एउटा सिरियलले दिएको नयाँ परिचय आज विश्वमाझ नेपालीको मनमा बसेको छ । ‘धुर्मुस-सुन्तली’ले सिरियलमा अभिनय गरेर मात्र यो नाम बनाएका होइनन् । सिरियलले दिएको नयाँ नामलाइ उनीहरुले समाजसेवाबाट नयाँ उचाइमा स्थापित गरेका छन् ।

भूकम्पपछि नेपाल सरकारले एकिकृत बस्ती बनाउने बताउँदै आएपनि अहिलेसम्म सबै योजना कागजमा सिमित छन् । तर, यो जोडीले आफ्नै प्रयासमा , विश्वमाझ रहेका नेपालीको सहयोगमा तेश्रो एकिकृत बस्ती निर्माण गरेर नयाँ बर्षमा हस्तान्तरण गर्‍यो ।
बर्दिवासबाट करिब डेढ किलोमिटर टाढामा रहेको मुसहर बस्तीमा ५२ घर निर्माण गरेर ‘धुर्मुस-सुन्तली’ले मुसहरहरुको जीवनमा नयाँ खुशी दिएका छन् । नयाँ बर्षको दिनमा उनीहरुले झुप्रो घरमा बस्दै आएका मुसहरलाई बलियो घर दिएका छन् ।

एकिकृत बस्ती निर्माण गर्दा कलाकारिताबाट केहि टाढा देखिएको यो जोडी बस्ती निर्माणसँगै फेरि कलाकारितालाई अगाडि बढाउने तयारीमा छन् ।
‘मुसहर बस्ती’मा अनलाइनखबर पुग्दा ‘धुर्मुस-सुन्तली’ले नयाँ घरको अगाडि विभिन्न पोजमा तस्बिर खिचाए । आफ्नै हातले तयार पारेको घर अगाडि ‘धुर्मुस-सुन्तली’को प्रेम लोभलाग्दो देखिएको थियो ।

तस्बिरः कमल प्रसाई

२०७४ वैशाख १ गते १२:२३ मा प्रकाशित (२०७४ वैशाख २ गते १४:०३मा अद्यावधिक गरिएको)
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
३ प्रतिकृयाहरू प्राप्त
  • Arun लेख्नुहुन्छ    |   २०७४ वैशाख १ गते १७:३७

    This two artist are real Hero and Heroni of Nepal. Others artist are only for film industry!

    33
    1
    Share

  • Ganga rai लेख्नुहुन्छ    |   २०७४ वैशाख २ गते ११:२१

    Real life ko real hero and heroiene.aru ko dukh lai anubhaw garer real life mai behabvar ma उत्रन saknu nai real act ho

    19
    0
    Share

  • neelam shrestha लेख्नुहुन्छ    |   २०७४ वैशाख ३ गते १५:५५

    Im so proud of ki ma dhurmush suntali jasto real heros haru basne country ma xu
    uhaharuko long life nd bright future ko kamana gardaxu

    12
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this