Comments Add Comment

राप्रपाले फेरि निर्वाचन आयोगमा धर्ना दिने


१ बैशाख, काठमाडौं । पार्टीको विधानबाट ‘हिन्दुराष्ट्र र राजसस्था’ हटाउने निर्वाचन आयोगको निर्णयविरुद्ध राप्रपाले थप आन्दोलन घोषणा गरेको छ ।

शुक्रबार बसेको राप्रपा पदाधिकारी बैठकले निर्वाचन आयोगमा धर्ना दिनेसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । घोषित कार्यक्रम अनुसार निर्णय पुनर्विचार गर्न बुझाएको ज्ञापन पत्रको जवाफ नआएको भन्दै निर्वाचन आयोगलाई स्मारण पत्र दिने, कानुनी उपचार खोज्ने र ५ गते सबै स्थानीय तहमा आयोगको निर्णयको प्रतिलिपि जलाउने छन् ।

वैशाख ८ गते निर्वाचन आयोगको केन्द्रीय कार्यालयसँगै ७२ जिल्लामा विरोध सभा गर्दै जिल्ला निर्वाचन कार्यालयमा एक घन्टा धर्ना दिने राप्रपाको निर्णय छ ।

राप्रपाले यसअघि पनि आयोगको केन्द्रीय कार्यालयमा धर्ना दिएको थियो । त्यसक्रममा प्रहरीसँग झडप हुँदा राप्रपाका थुप्रै नेता कार्यकर्ता घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment