Comments Add Comment

राष्ट्रिय झण्डाका लागि ज्यान दिन्छौं, फेर्ने अधिकार कसैलाई छैन

चन्द्र र सूर्यमुनि संसार नै अटेको छ । त्यसलाई ईंगित गर्ने झण्डा हामीसँग छ । देशमा विभिन्न संघ-संस्था, पार्टीहरु छन् । यी सबै नेपालको झण्डामा अटाएका छन् । हामी जहाँ जाँदा पनि यो झण्डालाई हाम्रो मान र सान बढाउँछ । यही झण्डा हाम्रो पहिचान पनि हो ।

म एउटा विमान चालक । संसारको कुनै पनि भागमा जाँदा त्यहाँका नेपाली दाजुभाइ र विदेशीले पनि पहिलोपटक हाम्रो जहाज अवतरण गर्दा फर्किएर हेर्छन् । नेपालीहरुको त आँखा रसाएको नै पाउँछु, खुसीले गदगद भएर रोएको भेट्छु । विदेशीहरुलाई पनि राम्रो लाग्छ ।

म मेरा सहचालकहरुलाई भन्ने गर्छु, त्यहाँ हेर त, त्यो अर्को जहाजले हाम्रो जहाजलाई हेरिरहेको छ । उनीहरु भन्छन्, यो जहाज कति राम्रो किनकी हाम्रो जहाजमा रातो र चन्द्र सूर्यको निशान छ ।

यो झण्डाको विषयलाई लिएर बेलाबेला एक-दुई जना सपना देखिरहेका व्यक्तिले विवाद झिक्छन् । विपनामा त उनीहरुले बोल्ने गरेको होइन जस्तो लाग्छ । यदि उहाँहरु ब्यूँझिएका थिए भने झण्डाबारे विवाद नै गर्दैन थिए होला । यो झण्डा फेर्ने अधिकार कसैलाई छैन, त्यो चाहे राजनीतिक दल हुन् वा कुनै संघसंस्था नै किन नहुन् ।

यो झण्डाका निम्ति ज्यान फाल्न हरेक नेपाली तयार हुन्छन् । किनकी यो झण्डा नै नेपालको सान, मान र पहिचान हो । हामीलाई भाषण दिएर, ठूलो ठूला कुरा गरेर झण्डा फेर्छु भन्नु दिवास्वप्न बाहेक अरु केही हुन सक्दैन । हामी त एउटा नेपालीको नाताले झण्डा फेर्ने कुरा सपनामा पनि सोच्न सक्दैनौं ।

हालै एउटा कार्यक्रम युवाहरुलाई देखेँ, उहाँहरुले काम गर्ने उर्जा दिनुभयो । मौसम खराव भएकाले समयमा आउन सकिँन तर, १० बजेदेखि साढे ४ बजेसम्म पर्खिनु भएको रहेछ । म केही पनि भन्दिँन, एउटा कुरा मात्र भन्छु, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म उत्तर हिमालदेखि दक्षिण तराईसम्म हामी सबै एक हौं । हामी नेपाली एक हौं ।

हामी लडाई मात्र गर्छु भन्छौं । प्रदेशको कुरा गरेर पहाड मधेसको नाममा लडिरहनु भएको छ । लड्न चाहनुहुन्छ भने दिमागले लड्नुस् । बाँकेलाई काठमाडौंभन्दा राम्रो बनाएर देआउनुस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment