१ बैशाख, काठमाडौं । उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले मधेशी मोर्चाले निर्वाचनमा भाग नलिएपनि बैशाख ३१ गते एकै चरणमा स्थानीय तहको निर्वाचन हुने बताएकाछन् ।
रिपोर्टर्स क्लब नेपालले शुक्रबार आयोजना गरेको साक्षात्कारमा मन्त्री थापाले यस्तो बताएका हुन् ।
शुक्रबार विहान मात्रै सत्तारुढ प्रमुख तीन घटकवीच प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको उल्लेख गर्दै मोर्चालाई पनि चुनावमा सँगै लिएर जान अन्तिम समयसम्म पहल गर्ने र यसको लागि वार्ता र सम्वादलाई कायम राख्ने निर्णय भएको समेत जानकारी गराए ।
राप्रपाका अध्यक्षसमेत रहेका मन्त्री थापाले भने, ‘मोर्चासँग अन्तिम समयसम्म पनि सहमतिको प्रयत्न रहन्छ, तर उहाँहरु नआएपनि निर्वाचन कुनै पनि हालतमा रोक्दैनौं, यसबारेमा काँग्रेस, माओवादी केन्द्र र राप्रपावीच सहमति भएको छ ।’