Comments Add Comment

अपहरणमा संलग्न भएको आशंकामा झापामा थप एक जना पक्राउ

२ बैशाख, झापा । विर्तामोडको जीवन विष्टलाई अपहरण गरी बन्धक बनाएर करोडौं मूल्यको जग्गा पास गराएर ठगी गरेको काण्डमा संलग्न भएको आशङ्कामा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले अनुसन्धानका लागि भन्दै मेचीनगर-७ का राजु कुँवरलाई पक्राउ गरेको हो ।

कुँवर राजधानी छिर्ने तयारी गरिरहेका बेला पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, झापाका प्रहरी प्रवक्ता डिएसपी हरिराज शर्माले जानकारी दिए ।

यसअघि जिल्ला प्रशासन कार्यालय, झापाका खरिदार तेजेन्द्र न्यौपानेसहित अन्य दुई जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

अन्य दुई जनामा मेचीनगर-८ का ४२ वर्षीय अजय राई (भुपु कान्छा) र भद्रपुर-६ का ४० वर्षीय प्रेम न्यौपाने रहेका छन् ।

घटनाको विषयमा असुन्धान भइरहेको र घटनाको बारेमा विस्तृत कुरा चाँडै सार्वजनिक गरिने शर्माले बताए ।

फरार रहेका अन्य दुई जनाको खोजी कार्यलाई पनि तीब्र पारिएको उनको भनाइ छ ।

घटनामा एक जना टेलिभिजन पत्रकारसहित जिल्लाका अन्य प्रतिष्ठित व्यक्तिको समेत संलग्नता रहेको हुन सक्ने आशङ्का प्रहरीले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment