Comments Add Comment

बेनेलीले नेपाल ल्यायो ३ नयाँ मोटरसाइकल

३ चैत, काठमाडौं । इटालियन मोटरसाइकल उत्पादक कम्पनी बेनेलीले ३ नयाँ मोडलका मोटरसाइकल नेपाली बजारमा ल्याएको छ ।

हालै मात्र उत्पादन भएका टिएनटी १३५, टोर्नाडो ३०२ आर र टिआरके ५०२ को आइतबारदेखि औपचारिक रुपमा बिक्री सुरु भएको हो ।

नेपालका लागि बेनेलीको आधिकारीक बिक्रेता केटिएम इन्टरनेशनले यी बाइक बिक्री सुरु गरेको छ ।

टिएनटी १३५ (मंकी बाइक)


२ लाख ५० हजार रुपैयाँ पर्ने यो बाइक कालो, सेतो र रातो रङमा उपलब्ध छ । १ सय ३५ सिसिको यो मोटरसाइलकमा ७ लिटरको ट्याङ्की रहेको छ । प्रतिलिटर ४० किलोमिटरसम्म माइलेज दिने केटिएम इन्टरनेशनका सेल्स एण्ड मार्केटिङ म्यानेजर शास्वत रिजालले जानकारी दिए ।

अनलाइनखबरसँग कुराकानी गर्दै रिजालले भने ‘काठमाडौंको जामलाई लक्षित गरेर हामीले यो बाइक नेपालमा ल्याएका छौं, यसले युवा जमातलाई आकर्षण गर्छ भन्नेमा म पूर्ण विश्वस्त छु ।

टोर्नाडो ३०२

यो बाइकको मूल्य ७ लाख ५० हजार रहेको छ । १४ लिटर ट्याङ्कि रहेको यो बाइकले २५ देखि २८ किलोमिटरसम्म माइलेज दिन्छ । यो बाइक ३ सय सिसिको हो । स्पोर्टी लुक्स रहेको यो बाइकले पनि युवा जमातलाई नै आकर्षण गर्ने रिजाल बताउँछन् । यसको अगाडिको चक्कामा २ सय ६० एमएमको डबल डिस्क ब्रेक छ ।

टिआरके ५०२

११ लाख रुपैयाँ पर्ने यो बाइक ५ सय सिसिको छ । २० लिटरको ट्याङकी रहेको बाइक नेपालको मनाङ मूस्ताङ तिरको यात्राको लागि उपयुक्त हुने दाबी गरिएको छ । लामो दुरीको यात्रा गर्न मिल्ने गरी निर्माण भएको यो बाइकले भने प्रतिलिटर २० देखि २५ किलोमिटर सम्म माइलेज दिने रिजालको दाबी छ । यो बाइकको पनि अगाडिको चक्कामा डबल डिस्क ब्रेक छ ।

कम्पनी भन्छ – ‘लामो दुरीको यात्रामा जान चाहनेहरुलाई लक्षित गरेर यो बाइक ल्याएका हौं, मनाङ र मूस्ताङ बाइकमा जान चाहनेलाई यो बाइक सवैभन्दा उपयुक्त हुनसक्छ ।’

साथै बेनेलीले ४ वटा नयाँ इ-बाइक पनि बजारमा ल्याएको छ । एक्ल, अल्पान, सिटी लिंक स्पोर्ट र सिग्याट्स इलेक्ट्रोनिक साइकलको बिक्री सुरु भएको छ । यी साइकलको मूल्य २ लाख २९ हजार देखि १ लाख २० हजार सम्म रहेको छ । साइकल चलाउँदै जादा थकान लागेमा एसिस्ट बटन थिचेपछि यस्तो साइकलमा रहेको मोटरले साइकलको पाङ्ग्रा घुमाउन सहज बनाइदिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment