Comments Add Comment

कति शक्तिशाली छ उत्तर कोरिया ? किन भयो अमेरिका बेचैन ?

अमेरिकालाई किमको सन्देशः तिम्रै देशमा हमला गर्न सक्छौं

यतिबेला कोरियाली प्रायदिपमा युद्ध भडकिने खतरा बढिरहेको छ । नयाँ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाले आणविक हतियार विकाश गरिरहेको दावी गर्दै त्यसलाई निस्तेज पार्न युद्ध नै आबश्यक परे पनि तयार रहेको सन्देश दिँदै आफ्ना नौसैनिकलाई उत्तर कोरियाली समुद्री तटनजिक तैनाथ गरिसकेका छन् ।

उत्तर कोरिया पनि धम्कीको राजनीतिमा माहिर नै छ । उसले अमेरिकाको आक्रमणको जवाफ आणविक हतियारले नै दिने भन्दै हालै ठूलो सैन्य शक्ति प्रर्दशन गरेको छ ।

अधिनायकवादी शासन व्यवस्थामा चलिरहेको राष्ट्र उत्तर कोरिया पश्चिममा मुलुकहरुका लागि एउटा हाउगुजीका रुपमा रहँदै आएको छ । पछिल्लो समय अमेरिकासँग बढ्दो तनावका बीच उत्तर कोरियाले आणविक हमलाको धम्की समेत दिन थालेको छ ।

उत्तर कोरियाको शासन र आर्थिक ब्यबस्थाको महत्वपूर्ण साझेदार चीनले दुवै देशलाई भडकिलो ब्यबहार नगर्न चेतावनी दिइरहेको छ । तर, दुवै देश जसरी उत्तेजित रुपमा प्रस्तुत भइरहेका छन, त्यसले कुनै पनि बेला कोरियाली प्रायदिपमा युद्धको सुरुवात हुनसक्ने खतरा देखिएको छ ।

बाँकी विश्वबाट अलगथलग अवस्थामा रहेको यो राष्ट्र वास्तविकतामा कति शक्तिशाली छ ? के उसले महाशक्ति अमेरिकालाई टक्कर दिने क्षमता राख्छ ? सुरुमा हेरौं उसको लडाकु क्षमताको एक झलक :

जनशक्ति

कुल जनसंख्या : २ करोड ४९ लाख ८३ हजार २ सय ५

उपलब्ध जनशक्तिः १ करोड ३० लाख

सैनिक सेवाका निम्ति योग्य : १ करोड १ लाख

वाषिर्क रुपमा सैनिक बन्ने उमेर पुग्नेहरु : ४ लाख १५ हजार

सक्रिय फ्र न्टलाइन सैनिकः ७ लाख

सक्रिय जगेडा सैनिकः ४ लाख ५० हजार

स्थल प्रणाली

ट्यांकः ४ हजार २ सय

बख्तरबन्द लडाकु गाडी : ४ हजार १ सय

बहु-प्रक्षेपण रकेट प्रणाली : २ हजार ४ सय

सामान्य र स्वचालित (विभिन्न माध्यमबाट प्रहार गर्न सक्ने) तोप : ६ हजार ७ सय

हवाई शक्ति

जम्मा बिमान : ९ सय ४४

लडाकु विमान : ४ सय ५८

फिक्ड विङ आक्रमण बिमान : ५ सय ७२

ढुवानी विमानः १ सय

पाइलटलाई तालिम दिन सकिने बिमान : १ सय ६९

सामान्य हेलिकोप्टर: २ सय २

आक्रमणमा प्रयोग हुने हेलिकोप्टरः २०

जलशक्ति

जम्मा नौसेना शक्ति : ९ सय ६७

बिमान उडान र अवतरण गराउन सकिने पानीजहाज :०

कम तौलको युद्धक जहाज : ३

तटरक्षक पानीजहाजः २ सय ११

पनडुब्बी : ७०

समुद्रमा एम्बुस थाप्नसक्ने जहाज : २३

पेट्रोलियम भण्डार

तेल उत्पादन : १०० ब्यारेल प्रतिदिन

तेल खपत : १५ हजार ब्यारेल प्रतिदिन

प्रमाणित तेल सञ्चिती : शून्य

बन्दोवस्ती

श्रम शक्ति : १ करोड ५२ लाख १० हजार

मर्चेन्ट मरिन स्ट्रेन्थ : १ सय ५८

ठूला बन्दरगाह तथा टर्मिनल  ८

सडक सञ्जाल : २५ हजार ५ सय ५४

रेल्वे सञ्जाल : ५ हजार २ सय ४२

सञ्चालनयोग्य विमानस्थलः ८२

बित्तीय

रक्षा बजेट : ७ अर्ब ५० करोड डलर

बाह्य ऋणः ५ अर्ब डलर

विदेशी मुद्रा तथा सुनको सञ्चिति ः ६ अर्ब डलर

भुगोल

जमीनको क्षेत्रफल : १ लाख २० हजार ५ सय ३८ वर्ग किलोमिटर

समुद्री तटः २ हजार ४ सय ९५ किलोमिटर

सिमानाः १ हजार ६ सय ७ मिलोमिटर

जलमार्ग : २ हजार २ सय ५० किलोमिटर

आणविक क्षमता कति ?

उत्तर कोरियाको आणविक कार्यक्रम अन्तर्राष्ट्रिय समुदायका लागि चिन्ताका विषय रहँदै आएको छ । अहिलेसम्म ६ वटा आणविक परिक्षण गरिसकेको प्योङयाङले जनाएको छ । यसै साता गरिएको पछिल्लो परिक्षण भने असफल भएको दक्षिण कोरिया र अमेरिकाले दावी गर्दै आएका छन् ।

हालै प्रदर्शन गरिएको नयाँ मिसाइल जसले अन्तर महादेशिय प्रहार गर्न सक्ने बताइएको छ ।

के उत्तर कोरियासँग आणविक बम छ ?

प्राविधिकरुपमा छ । उत्तर कोरियाले आणविक बमका धेरै परिक्षणहरु सम्पन्न गरिसकेको छ । यद्यपि आफ्ना छिमेकीहरुमाथि आणविक हमला गर्नका लागि यसले एउटा ‘वारहेड’ बनाउन सक्नुपर्छ जुन क्षेप्यास्त्रमा अट्नेगरी सानो हुनुपर्छ ।

उत्तर कोरियाले यस्तो वारहेड सफलतापूर्वक निर्माण गरेको दावी गरेको छ, तर यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन । केही विज्ञहरुले यस्तो दावीमा शंका गरेका छन् ।

उत्तर कोरियाका आणविक बमहरु कति शक्तिशाली छन् ?

उत्तर कोरियाले सन् २००६, २००९, २०१३ र २०१६ को जनवरी र सेप्टेम्बरमा पाँच सफल आणविक परिक्षण गरेको जनाएको छ । यसक्रममा आणविक बमको उत्पादन बढ्दै गएको देखिन्छ । सन् २०१६ को सेप्टेम्बरमा गरिएको परिक्षणले १० देखि ३० किलोटनबीचमा विष्फोटक पदार्थ उत्पादन गर्ने उपकरणलाई संकेत गरेको थियो, जुन पक्का हो भने यो उत्तर कोरियाको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली आणविक परिक्षण ठहरिनेछ ।

अर्को ठूलो प्रश्न भनेको परिक्षण गरिएका ती उपकरणहरु परमाणु बम हुन् वा त्योभन्दा शक्तिशाली हाइड्रोजन बम हुन् भन्ने हो । २००६, २००९ र २०१३ मा गरिएका परिक्षणहरु सबै परमाणु बमका थिए । २०१६ को जनवरीमा गरेको परिक्षण हाइड्रोजन बमको भएको उत्तर कोरियाले दावी गरेको छ । तर दर्ता भएको विष्फोटनको आकारलाई हेर्दा विज्ञहरुले उसको दावी खासै पत्याएका छैनन् । पाचौं परिक्षणको विस्तृत विवरण बाहिर आइसकेको छैन ।

प्लुटोनियम कि युरेनियम ?

अर्को प्रश्न हो, आणविक परिक्षणका लागि प्रयोग गरिएको सुरुवाति पदार्थ के हो ?

सुरुका दुई परिक्षणमा प्लुटोनियमको प्रयोग गरिएको विश्वास विश्लेषकहरुले गरेका छन् । तर २०१३ मा सुरुवाति पदार्थ प्लुटोनियम प्रयोग गरियो कि युरेनियम भन्ने प्रष्ट छैन ।

सफल युरेनियम परिक्षणको अर्थ उत्तर कोरियाको आणविक कार्यक्रमले ठूलै छलाङ मार्नु हो । त्यहाँको प्लुटोनियम भण्डार सिमित छ । तर यदि युरेनियम प्रशोधन गरेमा यसको आणविक क्षमता उकासिनेछ ।

प्लुटोनियमको विकास ठूलो संयन्त्रका साथ गर्नुपर्ने हुन्छ जुन विश्वले सहजै थाहा पाउँछ, जबकि युरेनियमको विकास सुटुक्क गर्न सकिन्छ ।

देखायो आफ्नो शक्ति

गत शनिबार उत्तर कोरियाले आफ्नो वाषिर्क सैन्य परेडका अवसरमा आफ्ना नयाँ क्षेप्यास्त्र तथा लन्चरहरुको प्रदर्शनी गर्दै आफ्ना विरोधि राष्ट्रहरुको ध्यानाकर्षण गर्‍यो । त्यस अवसरमा दुईवटा नयाँ अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र (आइसीबिएम) आकारका डब्बाका साथसाथै पनडुब्बीबाट प्रहार गर्न सकिने ब्यालेस्टिक क्षेप्यास्त्र र यसको जमिनबाट प्रहार गर्न सकिने संस्करण देखायो ।

जमिन तथा पनडुब्बीबाट प्रहार हुने ब्यालेस्टिक क्षेप्यास्त्र पहिलोपटक शनिबार सार्वजनिक रुपमा प्रदर्शन गरिएको हो । जमीनमा आधारित संस्कणलाई केएन-१५ को नामले चिनिन्छ भने पनडुब्बीले लन्च गर्ने हतियारलाई केएन-११ क्षेप्यास्त्रका रुपमा चिनिन्छ ।

यदि उत्तर कोरियासँग आइसिबिएम रहेको खण्डमा यसले अमेरिकी मुख्यभुमि र यूरोसम्मका निशानामा हान्ने क्षमता राख्छ । शनिबार प्रदर्शन गरिएका छोटो रेन्जका ब्यालिस्टिक मिसाइलले एशियाली क्षेत्रका राष्ट्रहरुमा त्राश पैदा गर्छ ।

अमेरिकालाई सन्देश

‘उनीहरुले अमेरिकी मुख्यभूमिमा हान्नका लागि सक्षम छौं भन्ने सन्देश दिएका छन् । उनीहरुको उद्देश्य नै यही हो,’ सेन्टर फर अमेरिकन प्रोग्रेसका विज्ञ एडम माउन्टले भने । यद्यपि सैन्य परेडमा देखाइएका क्षेप्यास्त्रहरु काम गर्ने अवस्थामै रहेको नहुन सक्ने पनि विज्ञहरु बताउँछन् ।

(अमेरिकी जासुसी निकाय तथा बिभिन्न बहुराष्ट्रिय एजेन्सीहरुको रिपोर्टका आधारमा तयार पारिएको ।)

यो पनि पढ्नुहोस्

विदेशी मिडियालाई बोलाएर उत्तर कोरियाले देखायो आफ्नो वैभव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment