Comments Add Comment

के ‘राधे’को एउटा संवादले ‘राजतन्त्र’को समर्थन गरेको हो ?


चलचित्र ‘राधे’मा एउटा संवाद समावेश गरिएको छ, ‘बाउ लेखेटेर आमा बेचेर खानेहरुसँग कसरी मिलेर बस्ने ?’ यो संवादलाई अहिले विभिन्न मानिसहरुले आ-आफ्नै ढंगले व्याख्या गरिरहेका छन् ।

यो संवादले नेपालबाट हटिसकेको राजतन्त्रको समर्थन गरेको आरोप पनि लागेको छ । निर्माता सुशिल पोख्रेल स्वयंमले यो संवादले गर्दा आफूहरुलाई राजतन्त्रको समर्थनको आरोप लागेको उल्लेख गर्दै स्टाटस लेखेका छन् ।

उनले स्टाटसमा आरोप जे लागेपनि आफुहरुको यो स्वच्छ विचार भएको उल्लेख गरेका छन् । यो बिषयमा सुशिलले भने-‘यो हामीले सांकेतीक रुपमा उठान गर्न खोजेका हौ । चलचित्रमा सिधै नभनिएतापनि सांकेतिक रुपमा राजतन्त्रकै समर्थन गर्न खोजिएको हो ।’

निखिल उप्रेती, प्रियंका कार्की, अशिष्मा नकर्मी लगायतका कलाकारले मुख्य भूमिका निर्वाहा गरेको यो चलचित्रले ओपनिङ व्यापार आक्रमक गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment